राष्ट्रहितलाई केन्द्रमा राखेर सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं २८,भदाै– प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन पनि नापी विभाग नेतृत्वको नेपाल– भारत अन्तराष्ट्रिय सीमा सम्बन्धि समस्या समाधान गर्न गठित कार्य दललाई सचेत गराए ।
नेपाल–भारत सीमा समस्या समाधानका लागि गठित कार्य दलको बैठक काठमाडौंमा बस्दैछ । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमाको एकीन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि नापी विभागसहितका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
नेपालको हितलाई केन्द्रमा राखेर दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन प्रधानमन्त्री ओलीले नापी विभागसहित सम्बन्धितलाई निकायलाई निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए ।
गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरु समेत सहभागी रहेको बैठकमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल–भारतबीचका कतिपय ठाउँमा सीमा स्तम्भ हराएको, नदीले धार परिवर्तन गरेका कारण कतिपय ठाउँमा सीमा निर्धारणमा कठिनाई भएको लगायतका समस्या प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले सीमा एकिन सम्बन्धि सो समस्या दुवै मुलुकको स्थानीय प्रशासनसँग छलफल गरेर समाधान गर्न निर्देशन दिएका थिए । सीमा समस्या समाधानका लागि नेपाल–भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा कार्यदल गठन गरिएको छ । सो कार्यदलको बैठक आगामी साता काठमाडौंमा बस्दैछ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











