आयल निगमले कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया थाल्यो खड्काको राजिनामापछि, को-को छन दाैडमा ?
काठमाडाैँ २९,भदाै ।नेपाल आयल निगमले रिक्त रहेको कार्यकारी निर्देशक पदपुर्तिको प्रकृया अगाडि बढाएको छ। कार्यकारी निर्देशकको पदका लागि असोज १२ गतेसम्म इच्छुक नेपाली नागरिकले गोप्य आवेदन दिनु पर्ने निगमले जनाएको छ।
कार्यकारी निर्देशकको पदका लागि अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवास्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्छ। यसका साथै व्यवस्थापनमा स्नातकोत्तर गरि चार्टर्ड एकाउण्टेन्ट गरेको र सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव हुनु पर्छ। त्यस्तै ३० वर्ष पुराभइ ६५ वर्ष ननाघेको हुनु पर्ने निगमले जनाएको छ।
निवेदनका साथै ५ हजार शब्द नबढ्ने गरि व्यावसायिक योजना र कम्तिमा दुर्इ वटा ‘केस स्टडी’ पेश गर्नु पर्नेछ। निगमले प्राप्त निवेदनका आधार छनोट गरेका व्यक्तीले निवेदनका साथ पेस गरेको व्यावसायिक योजना र ‘केस स्टडी’को प्रस्तुतीकरण दिनु पर्ने हुन्छ।
आयल निगमको कार्यकारी निर्देशक पद गत जेठ २३ गते गोपालबहादुर खड्काले राजिनामा दिएसँगै रिक्त रहेको छ। निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सरकारले उनलार्इ पदमुक्त गरेर मन्त्रालय तानेको थियो। पछि अदालतले उनलार्इ पुनः निगम फर्काएको थियो। अदालतले उनलार्इ निगममा फर्काए पनि आफ्नो कार्यकालको ६ महिना अगाडि नै राजिनामा दिएका थिए।
आयल निगमको कार्यकारी निर्देशक पदका लागि हाल निगमकै निमित्त कार्यकारी निर्देशक शुशिल भट्टरार्इ, उदयपुर सिमेन्टका महाप्रवन्धक सुरेन्द्रप्रसाद पौडेल, निगमका पूर्व निर्देशक मुकुन्द घिमिरे लगायतका व्यक्ती दौडमा रहेका छन्।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












