चीनको प्राथामिकतामा एसियन राजमार्ग कि केरुङ-काठमाडौं रेलमार्ग ? तातोपानी नाकामा देखिएन चासो !
काठमाडाैँ २९,भदाै । चीनको केरुङ हुँदै नेपालसम्म आउने भनिएको चिनियाँ रेलले चीन–भारत कनेक्टिभिटीसँग कत्तिको सरोकार राख्छ ? चिनियाँ अधिकारीहरुसँगको अनौपचारिक कुुराकानीबाट के बुझ्न सकिन्छ भने भारतसँग कनेक्सन भएमा मात्रै नेपालमा चिनियाँ रेल आउनसक्छ ।
चिनियाँ राष्ट्रपति सी जिनपङले दक्षिण एसियाली राष्ट्रहरु सडक सञ्जालले जोड्न बेल्ट एण्ड रोड (बीआरआइ) अवधारणा अघि सारेका छन् । चिनियाँ अधिकारीहरुले नेपालमा चिनियाँ रेल छिटो ल्याउन आफूहरु तयार भएको बताए पनि चीनको योजना भने नेपालसम्म रेल ल्याउनेभन्दा पनि हिमालय पार भएर सञ्चालन हुने परियोजना (बीआरआई) मा देखिएको छ ।
चीन, भारत, भुटान, नेपाल र पाकिस्तान हुँदै एक क्षेत्र, एक मार्गअन्र्तगत हिमालय सीमापार सहायता प्रर्वद्धनअन्र्तगत हिमाल जोडिएका देशहरुमा चीनले सडक सञ्जाल विस्तार गर्न चाहेको छ ।
चीनको तिब्बतस्थित लुलाङमा भएको बेल्ट एण्ड रोड फोरम कार्यक्रममा चिनियाँ अधिकारीहरुले चीनको पहिलो प्रथामिकतामा नेपालसम्म चिनियाँ रेलभन्दा पनि एसियन राजमार्गमा रहेको लुकाउन चाहेनन् ।
दक्षिण एसियासम्म सडक सञ्जाल विस्तार गर्ने मुख्य प्रवेशद्वार नेपाल भए पनि चीनको उद्देश्य भारतसम्म आफ्नो व्यापार विस्तारको लागि बीआरआईलाई नै पहिलो प्राथमिकतामा राखेको देखिएको छ । चीनको नजर भारतको उत्तर प्रदेश र विहारमा आफ्नो रेल र सडक सञ्जाल विस्तार गरेर व्यापारिक कारोबार बढाउने योजना छ र त्यसका लागि नेपाल हुँदै भारतमा रेलवे कनेक्टिभिटी चीनको उद्देश्य देखिएको छ ।
नेपाल र पाकिस्तान बीआरआईमा सहमत भए पनि भारत भने अहिलेसम्म त्यसमा सहमत भएको छैन । चीनले भारतको बिहार र उत्तर प्रदेशसम्म एसियाली राजमार्गलाई जोड्न चाहेको छ । भारत यसमा सहमत भएमा मात्रै चिनियाँ रेल चाँडो नेपाल आउनसक्छ ।
तिब्बतको लुलाङमा भएका पर्वतीय सहकार्यका लागि बीआरआई कार्यक्रममा तिब्बती जनकंग्रेसका उपाध्यक्ष एवं विदेश मामिलाका कार्यालय सचिव चु—चुन्हुयाले नेपालमा सडक र रेल सञ्जाल जोड्न आफुहरु तयार भएको बताएका थिए ।
चीनको केरुङ हुँदै नेपालसम्म रेल कहिले आउँछ त ? भन्ने नेपाली सञ्चारकर्मीको प्रश्नमा चु—चुन्हुयाले भन, ‘काम भइरहेको छ, हामी छिट्टो रेल नेपालमा पुर्याउन चाहन्छौं । नेपाललाई चिनियाँ रेल र सडक सञ्जालले जोड्न नेपालतर्फको सडकलाई विस्तार गर्नुपर्नेमा चीनको जोड छ । हामी नेपालसँग सहकार्य गरेर विकास निर्माणमा साझेदार गर्न तयार छौं ।
उनले चीनका लागि नेपालसँग रेलभन्दा पनि दक्षिण एसियाली मार्ग प्राथमिकतामा रहेको बताए ।
दक्षिण एसियासम्म सडक सञ्जाल विस्तार हुने हो भने हिमालयसँग सीमा जोडिएका देशहरुका करिब ५ अर्ब जनसंख्यालाई प्रत्यक्ष फाइदा पुग्ने चीनको दाबी छ । चीनले समुन्द्र भएको देशमा पानीजहाजबाट सञ्जाललाई जोड्न चाहेको छ भने नेपाल जस्ता भूपरिवेष्टित् देशमा भने सिल्क रोडमार्फत सडक र रेल सञ्जाल जोड्न सकिने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको भ्रमणमा समेत नेपालमा रेल जोड्ने विषय गम्भीरतापूर्वक उठेको प्रसंग उठाउँदै चु—चुन्हुयाले चीनको केन्द्रीय सरकारसँगै यो विषयमा गम्भीरतापूर्वक काम अघि बढेको दाबी गरे ।
तिब्बतको लुलाङमा भएको पर्वतीय सहकार्यको लागि बीआरआई कार्यक्रममा नेपालका सभामुख कृष्णबहादुर महरालाई प्रमुख अतिथिका रुपमा बोलाइएको थियो । सभामुख महाराले पनि चीनले नेपालसम्म केरुङ हुँदै रेल ल्याउन तयार भएको बताए ।
सिगात्से हुँदै केरुङसम्म रेल ल्याउन चीनले गृहकार्य गरिरहेको आफूले थाहा पाएको महाराले बताए । यसका लागि नेपालतर्फ पनि थप गृहकार्य गर्नुपर्ने सभामुख महराले बताए ।
तातोपानी नाकामा देखिएन चासो !
तिब्बतको लुलाङमा भएको पर्वतीय सहकार्यको लागि बीआरआई कार्यक्रमको ब्रेकमा नेपाली सञ्चारकर्मीहरुले तिब्बती जनकंग्रेसका उपाध्यक्ष एवं विदेश मामिलाका कार्यालय सचिव चु—चुन्हुयाहसँग प्रश्न गरे— भूकम्पपछि बन्द रहेको तातोपानी नाका कहिले सञ्चालन हुन्छ ?
प्रश्नको जवाफमा उनले यसको लामो प्रक्रिया छ भनेर कुराको बिट मारे । सभामुख महराले तातोपानीमा रहेको मितेरी पुलको ल्हासाबाटै शिलन्यास त गरे तर चिनियाँहरुको प्राथामीकतामा भने तातोपानी नाका नपरेको देखियो ।
आगामी मे महिनादेखि तातोपानी नाका सञ्चालन हुने चर्चाबीच मितेरी पुलको शिलान्यास त भएको छ तर मे महिनासम्ममा मितेरी पुल निर्माण हुन सक्दैन । केही चिनियाँ अधिकारीहरुले तातोपानी नाका सञ्चालन हुनका लागि नेपालतर्फको सडक र अन्य भौतिक पूर्वाधारहरु निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
चिनियाँहरुले लामो प्रक्रियापछि मात्रै तातोपानी नाका सञ्चालन गर्ने बताउनु र नेपालतर्फको सडक र अन्य पूर्वाधारहरु निर्माण नहुनुले पनि चीनलाई नाका सञ्चालन नगर्ने बहानमा सहयोग पुगेको देखिएको छ ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











