हरित नगरी इतहरी उपमहानगर ल्यायो डिजिटल मोबाइल एप्स, नगरका सबै जानकारि मोबाइलमा
इटहरी २९,भदाै । हरित नगर सुनसरीको इटहरीबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ ।
चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत नगरका सवै तथ्यांक र जानकारी मोवाइलमै हेर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।
डिजिटल प्रोफाइल र मोवाइल एप बनाउने प्रक्रिया सुरु भइसकेको छ । डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न भएको छ ।
इटहरीको नगर प्रोफाइल मोवाइल एप्समा समेटिने छ । अनलाइन र अफलाइन हेर्न सकिने निर्माणकार्यमा जुटेको संस्था दिगो विकास तथा शान्ति प्रवर्द्घन केन्द्रले जनाएको छ ।
प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सबै सदस्यको नामथर, जन्ममिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोवास घरमै हो कि बाहिर बसोवासको अवस्था, पेशा, बैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति हुने छ ।
यस्तै घरमूलीको सम्पर्क नम्बर, बालश्रमिक राखेको छ कि छैन, एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी, स्वास्थ्य र ब्यक्तिगत बीमा गरिएको छ कि छैन ती सवै जानकारी समेटिने छन् ।
यसैगरी, घरको जीपीएस नम्बरसहित कुन रोड र वस्तिमा छ सो पनि जानकारी हुने छ ।
तथ्यांक संकलनका लागि ६१ जना गणकहरु एप र जीपीएस चल्ने मोवाइल वोकेर इटहरीका प्रत्येक घर पुग्ने छन ।
उनीहरुले डिजिटल प्रविधि मार्फतनै तथ्यांक संकलन गर्ने छन् । उनीहरु प्रत्येक घर पुगे पुगेनन जीपीएस प्रविधिमार्फत थाहा हुने छ । गणकहरुले असोज महिना भित्रमा तथ्यांक संकलन गरी सक्ने छन् ।
नगरप्रोफाइलमा नगरपालिकाको चिनारी, जनसंख्याको सबै पक्ष समेटिएको बिस्तृत जानकारी, आर्थिक बिबरण, भूउपयोग तथा स्वामित्वको अवस्था, कृषि तथा पशु विकासको अवस्था, पर्यटन, औद्योगिक विकास, सहकारी, ब्यापार तथा ब्यवसाय सम्बन्धी जानकारी समेटिने छ ।
यसैगरी बैंक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संसाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, संचारप्रविधि, आवास तथा भवन समेटिने छ ।
यस्तै संस्थागत तथा सुशासनको स्थितिका साथमा ऐन नीति नियम र कार्यप्रणाली राखिने छ ।
इटहरीका मेयर द्वारिकलाल चौधरी नगर प्रोफाइल इटहरीको विकास र सम्वृद्धिका लागि पहिलो खुडकिलो हुने जानकारी दिए ।
इटहरीलाई कस्तो बनाउने रणनीतिक योजना वनाउन नगर प्रोफाइल नभइ नहुने उनको भनाई छ । उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतमले वैज्ञानिक तवरले योजना संचालन गर्न नगर प्रोफाइल विना ब्यवहारिक नहुने भएकाले यो अत्यन्तै जरुरी रहेको वताइन् ।
करलाई वैज्ञानिक र ब्यवस्थित वनाउन पनि नगर प्रोफाइलले सहयोग गर्ने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











