फिलिपिन्समा ६४ को ज्यान लिएको आँधी चीन पुग्यो, थुप्रै शहरमा ‘हाई अलर्ट’
एजेन्सि१,असोज। फिलिपिन्स र हंगकंगमा बितन्डा मच्चाएपछि म्यांगकूट आँधी चीन पुग्ने बित्तिकै दुई जनाको मृत्यु भइसकेको छ । आँधीका कारण त्यहाँ प्रतिघण्टा एक सय ६२ किलोमिटर गतीमा हावा बहिरहेको छ ।
ग्वांगडूंगमा सबैभन्दा तीब्र गतीको आँधी आउने ‘हाई अलर्ट’ जारी गरिएको छ । यो आँधीले हंगकंगमा पनि विनास निम्त्याएको छ । गगनचुम्बी भवनका झ्याल–ढोकामा क्षती पुगेको छ ।
फिलिपिन्समा मृत्यु हुनेको संख्या ६४ पुगेको छ जसमा धेरैजसोको मृत्यु भारी वर्षापछिको पहिरोका कारण भएको छ ।
म्यांगकूटलाई सन् २०१८ को सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।
चीनमा कस्तो असर ?
चीनको सरकारी मिडिया अनुसार म्यांगकूट आँधीका कारण दुईको मृत्यु भएको छ । उक्त आँधी चीनको तटीय शहर जियांगमेनमा अपरान्हमा पुग्यो ।
हज्जारौंलाई ग्वांगडूंग बाहिर पठाइएको छ र प्रशासनले चेतावनी जारी गरेको छ ।
हंगकंगमा पनि प्रशासनले हाई अलर्ट जारी गर्दै मानिसहरुलाई घरबाहिर ननिस्कन चेतावनी दिएको छ । त्यहाँ हावाको गती एक सय ७७ किलोमिटर प्रतिघण्टा रहेको छ ।
घाइतेका संख्या एक सय ११ बताइएको छ । शहरम पानीको स्तर १२ फुटसम्म पुगेको छ र सडकमा जिउँदा माछाहरु तैरिरहेका छन् ।
धेरैजसो पसल र सार्वजनिक सेवा बन्द गरिएको छन् । यो आँधीले विमान परिचालनमा पनि विशेष असर पुर्याएको छ । हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आठसय बढि उडान रद्द गरिएका छन् । यसले एक लाख यात्रु प्रभावित भएका छन् ।
फिलिपिन्सको एकै प्रान्तमा १९ को मृत्यु?
यद्यपी, यी चेतावनीमाथि मानिसहरुले खासै ध्यान दिएनन् । हंगकंगका निवासी हाओ चेनले समाचार एजेन्सी एएफपीलाई भने, ‘म बिहान मर्निङ वकमा गएको थिएँ । मलाई ताजा हावा निकै मनपर्छ र सडकमा कोही पनि थिएनन्, कुनै सवारी साधन थिएनन् । सामान्य दिनमा हामीले यस्तो देख्नु असम्भव छ ।’
छिमेकी मकाउ शहरमा पहिलो पटक प्रान्तको सबैभन्दा चर्चित क्यासिनो बन्द गर्ने आदेश दिएको छ ।
मंगलबासम्म म्यांगकूट आँधी कमजोर हुने सम्भावना छ ।
यो आँधीका कारण फिलिन्समा थुप्रैको मृत्यु भएको छ । अधिकारीका अनुसार फिलिपिन्सको कार्डिलेरा र न्यूएवा विजकायामा पहिरोका कारण धेरैको मृत्यु भए तीमध्ये धेरैजसो बालबालिका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












