कर्णालीका भातृ संगठनलाई मुख्यमन्त्रीको गुनासो
सुर्खेत १ ,असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विभिन्न राजनीतिक दलका भातृ संगठन प्रदेश निर्माणको सवालमा सुतिरहेको बताएका छन् ।
कर्णालीलाई समृद्ध बनाउने जिम्मा बोकेका युवा र बुद्विजीवि गहिरो निद्रामा परेको बताउँदै अब सबैले उनीहरूलाई जगाउनुपर्ने बेला आएको उनले बताए ।
हामी गहिरो निद्रामा परेका सुर्खेती युवा, बुद्विजीविलाई जगाउन चाहन्छौं,’ उनले भने, ‘उनीहरूको साथ र सहयोग लिई कर्णालीलाई नमूना प्रदेश बनाउन चाहन्छौं ।’ मुख्यमन्त्री शाहीले कर्णालीका राजनीतिक दलका भातृ संगठन अब ब्यूझनुपर्नेमा जोड दिए ।
सोमबार वीरेन्द्रनगरमा श्रम दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रममा सहभागिता जनाउँदै मुख्यमन्त्री शाहीले एक थान संविधानले मात्रै देशका जनताको हित नहुने बताए । ‘हातहातमा संविधान थमाएर समृद्धि आउँदैन,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले संविधानलाई कार्यान्वयन गर्नुपर्छ ।’
केन्द्र सरकारले अहिले पनि अधिकार दिन नमानेकोप्रति लक्षित गर्दै मुख्यमन्त्री शाहीले संविधानमा जति अधिकार जसले पाएका छन् ती कार्यान्वयन गर्न सके मात्रै जनताले समृद्धिको सपना साकार भएको महसुस गर्ने बताए ।
उनले राजनीतिक आन्दोलनभन्दा आर्थिक समृद्धिको आन्दोलन शुरू भइसकेको बताउँदै त्यसको शुरूवात फल दिने वृक्ष रोपेर गरिएको बताए । ‘हामीले वीरेन्द्रनगरलाई हरित शहर बनाऔं, सडकको दुवैतिर फल दिने अर्थात् तेजपत्ता रोपौं,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसो गर्न सके तेजपत्ताको पातले हामीलाई डलर फलाउने छ ।’ उनले वीरेन्द्रनगर नगरपालिकालाई नमूना बनाउन जनप्रतिनिधिलाई आग्रह गरे ।
‘यो कर्णालीको मुटु हो । मुटु नै अस्वस्थ भएको खण्डमा अन्य शरीरको खासै अस्तित्व नै हुँदैन,’ मुख्यमन्त्री शाहीले भने, ‘यो नगरलाई उदाहरणीय बनाउनुहोस्, सुन्दर र सफा बनाउनुहोस् । यहाँ आएका अन्य नगर प्रमुखले यहाँहरूबाट केही न केही सिकेर जाउन न कि फोहोर सडकमा फाल्ने, विरुवाको जरामा आगो बाल्ने ।’ मुख्यमन्त्री शाहीले शहर सुन्दर बनाउन जति बजेट चाहिन्छ दिन प्रदेश सरकार तयार रहेको बताए ।
मुख्यमन्त्री शाहीले सबै कर्णालीवासीले सुन्दर र समृद्ध कर्णाली बनाउने अभियानमा सरिक हुनुपर्नेमा जोड दिए । ‘शहरमा हामी २–४ जनाले झाडु लगाउँदैमा शहर सफा हुँदैन,’ मुख्यमन्त्री शाहीले भने, ‘त्यसका लागि आम जनताको मस्तिष्क सफा गर्न जरुरी छ, मस्तिष्क सफा गर्न सकियो भने शहर आफै सफा हुन्छ ।’
कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बुढाथोकी क्षेत्रीले प्रदेश बनाउन सबैको महत्वपूर्ण भूमिका रहेको बताए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विमला केसीले कृषिबाट मात्रै कर्णालीलाई समृद्ध बनाउन सकिने बताइन् ।
कार्यक्रममाा ४ सय तेजपत्ताका बेर्ना र ३ सय आँप, कटहर, लिची, अम्बाका बेर्ना वृक्षारोपण गरिएको थियो । वृक्षारोपण कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












