प्लेन नउड्ने एयरपोर्ट भित्रै मन्त्रीको स्वागतको लागि यस्तो तामझाम, मन्त्री भन्छन दशैं अगाडि प्लेन उड्छ ।
दाङ १,असोज । दाङमा एयरपोर्ट निरीक्षण गर्न आएका मन्त्रीको बाजागाजा सहित भव्य स्वागत गरिएको छ ।
तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट भित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको स्वागतको आइतवार टेन्ट र आकर्षक स्टेज तयार पारिएको थियो ।
जहाँ उनको बाजागाजासहित भव्य स्वागत गरियो । नाच गान पनि भयो । जस्को व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले गरेको हो ।
नेपालगन्जसम्म प्लेनमा आएका मन्त्री अधिकारी त्यहाँ भने गाडीमा गएका थिए।
मन्त्री अधिकारीको स्वागतमा एक दर्जन बढी प्रदेश र प्रतिनिधीसभाका सदस्यहरु उपस्थित थिए ।
मन्त्री अधिकारीको स्वागतमा गरिएको ठूलो तामझामलाई स्थानियहरूले भने नाटकको संज्ञा दिएका छन् ।
‘एयरपोर्ट भित्रै टेन्ट र मञ्च निर्माण गर्दै बाजागाजा बजाएर चटक देखाउनु भन्दा प्लेन ल्याएर देखाए भैगो नि, यो फजुल खर्च किन गर्नु पर्यो’, एक स्थानीयले भने ।
उनले ५ महिना अगाडि यसैगरी सभामुख कृष्णबहादुर महरा, मुख्य मन्त्री शंकर पोखरेल लगाएको स्वागत भएको हुँदा यो नाटक मात्रै भएको उनको दाबी थियो ।
कार्यक्रमका अधिकाशं वक्ताहरुले दाङ जिल्ला राज्यवाट ठगिदै र अपहेलित हुँदै आएको भन्दै कडा शब्दमा आलोचना गरे ।
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले नियमित प्लेन आउने आशामा दंगालीले पटक-पटक मन्त्रीहरुलाई बाजागाजा सहित फूलमालाले स्वागत गर्दै आएको भएपनि नेताहरुले गफ दिएझैं काम नभएको भन्दै आक्रोश पोखेका थिए ।
यस्तै नेकपा एमालेका पूर्व दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले रुकुम र सुर्खेत, डोल्पा लगाएतका स्थानमा प्लेन नियमित उड्न सक्ने तर तुलसीपुरमा किन उड्न नसक्ने हो ? भन्ने प्रश्न गरेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु)ले प्लेन नआउँदा हालसालै एकजना घाइते शिक्षिकालाई ५ लाख खर्चेर हेलिकोप्टर चार्टर गरि काठमाडौं पुर्याउनु परेको स्मरण गराउँदै प्लेन छिटो आउने वातावरण बनाइदिन आग्रह गरे ।
तुलसीपुरका मेयर घनश्याम पाण्डेले दाङ उपत्यका काठमाडौं भन्दा ५ गुणा ठूलो रहेपनि विमान नहुँदा देशले नै घाटा बेहोरी रहेको बताए ।
उनले दाङकै घोराही क्षेत्रमा निर्माण हुने भनिएको वैकल्पिक विमानस्थलले दुविधा उत्पन्न गरेको बताए ।
उनले धावनमार्ग विस्तारका लागि जग्गा खोज्ने जिम्मा उपमहानगरपालिकाले लिने, यात्रुको जिम्मा समेत लिने हुँदा तुरुन्त प्लेन आउने वातावरण बनाइदिन आग्रह गरे ।
उक्त कार्यक्रमलाई प्रतिनिधिसभा सदस्यहरु मेटमणी चौधरी, हिराचन्द्र केसी, माननियहरु शान्ता चौधरी, रेखा शर्मा, अनिता देवकोटा, पार्वती डिसी चौधरी, नागरिक उड्यनका महानिर्देशक संजिव गौतम लगाएतले सम्वोधन गरेका थिए ।
टरिगाउँ एयरपोर्ट कालोपत्रे भएयता ५ वर्षको अवधिमा ३ पटक विमान सेवा अवरुद्ध भइसकेको छ ।
विक्रम संवत २०११ सालदेखि प्लेन बस्न सुरु गरेको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टमा पछिल्लो समय प्लेन उड्न छोडेको ५ महिना बढी भइसकेको छ ।
त्यसपूर्व घाँसे मैदान हुँदाखेरी झन्डै चार दशकसम्म एयरपोर्ट नियमित संचालनमा थियो ।
दशैं अगाडि नै प्लेन उडाउने मन्त्रीको आश्वासन
बाजागाजाँसहित स्वागत पाएका मन्त्रीले स्थानिय तथा स्थानिय सरकारका प्रतिनिधिहरूको गुनासो सुनेपछि मन्त्री अधिकारीले दशैं अगाडि नै दाङमा सानो विमान सेवा सुरु हुने आश्वासन दिएका छन् ।
उनले काठमान्डौं–भैरहवा–दाङ प्लेन चलाउने तयारी भइरहेको जानकारी दिए ।
संभव भएको खण्डमा सोझै काठमाडौं– दाङ सेवा सुरु हुने बताए ।
‘दाङमा कसरी जहाज चलाउने भन्ने सवालमा तपाईंलाई भन्दा मलाई बढी हुटहुटी छ । विश्वास गर्नुहोस दशैं अगाडि नै विमान सेवा नियमित हुन्छ ।’
उनले दाङमा निर्माण हुने भनिएको ‘वैकल्पिक विमानस्थल’ घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुर क्षेत्रको पनि आइतवार नै अवलोकन गरेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












