सरकारलाई निजी विद्यालय सञ्चालकको चुनौति : सदाका लागि विद्यालय बन्द गर्छौ
काठमाडौं १,असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लेसंस दबाट पारित अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै संशोधन गर्न माग गरेको छ ।
प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त विधेयकप्रति सात बुँदे असहमति सार्वजनिक गर्दै ती विषयहरु तत्काल सम्वोधन नगरे सदाका लागि विद्यालय बन्द गर्ने चेतावनी दिएको छ ।
प्याव्सनका अध्यक्ष विजय सम्बाहाम्फेले यदि आफ्ना माग सुनुवाइ नभए प्याब्सन अन्र्तगत अध्ययनरत १५ लाख विद्यार्थी सरकारलाई जिम्मा दिने बताए । ‘यदी विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको खण्डमा सदाका लागि बन्द गर्छौँ, १५ लाख विद्यार्थी सरकारको जिम्मामा छाड्छौ’ पत्रकार सम्मेलनमा अध्यक्ष सम्बाहाम्फेले भने ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विधेयकमा राखिएको निजी लगानीका विद्यालय सेवामुलक हुने भन्ने बुँदमा प्रारम्भिक बालबिकास तथा शिक्षादेखि १२ कक्षा सम्म ५०० सम्म विद्यार्थी भएका विद्यालयले १० प्रतिशत, ८०० सम्म विद्यार्थी भएकाले १२ र सो भन्दा माथि विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत निःशुल्क अध्यापन गराउनुपर्ने प्रावधान अव्यवहारिक र अवैज्ञानिक भएको उल्लेख छ ।
यसअघि निजी विद्यालयले १० प्रतिशत निःशुल्क अध्यापन गराउनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था खारेज गरी पुरानै व्यवस्था कायम गर्न पनि प्याब्सनले माग गरेको छ । त्य
स्तै निजी विद्यालय सञ्चालकहरुले १० प्रतिशत आरक्षणको विद्यार्थी छनोट पनि विद्यालय आफैँले गर्न पाउनुपर्ने तथा यस्तो आरक्षण दिँदा मासिक शुल्कबाहेक अरु शुल्क अभिभावक स्वयले तिर्नुपर्ने व्यवस्था राख्न माग गरेको छ ।
‘ऐनमा छात्रवृतिलाई व्यवस्थित गर्न निःशुल्क शिक्षासम्बन्धी आरक्षणको प्रावधान आइसकेपछि थप आरक्षणको आवाश्यकता र औचित्य नहुने हुँदा ४५ प्रतिशत आरक्षण छात्रवृति सम्बन्धी व्यवस्था तत्काल खारेज गरियोस’ प्याब्सनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति पनि हेर्नुहोस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












