वीरगञ्जको नारायणी अस्पतालमा १० दिनदेखि एक्स-रे सेवा बन्द्
वीरगञ्ज१, असोज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा १० दिनदेखि एक्स-रे मेशिन सञ्चालनमा नआउँदा बिरामीहरु मर्कामा परेका छन् ।
अस्पतालबाट एक्स-रे सेवा नपाएका कारण विरामीहरु चर्को मुल्यमा बाहिर एक्स-रे गराउन बाध्य भएका छन् ।
नारायणी उपक्षेत्रीय अस्पतालले एक्स-रेका लागि ३ सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ भने निजी स्वास्थ्य संस्थामा ४ सय रुपैयाँ लिने गरेका छन् ।
अस्पतालमा एक्स-रे गर्न नपाउँदा ५० रुपैयाँ बढी खर्च भइरहेको गुनासो विरामीहरुले गरेका छन् भने अस्पतालले पनि दैनिक ५० हजार भन्दा बढी शुल्क गुमाइरहेको छ । अस्पतालमा दैनिक १ सय ५० भन्दा बढी एक्स-रे हुने तथ्याङ्क छ ।
अनलाइन युपिएसमा समस्या आएकोले एक्स-रे सेवा सञ्चालन गर्न नसकिएको अस्पतालका रेडियोग्राफी अधिकृत प्रदीप साहले जानकारी दिए । ‘अनलाइन युपिएसमा समस्या आएको झण्डै १० दिन भइसक्यो, दुई जना मिस्त्रीले लगेर फिर्ता ल्याए, एक जनाले बनाएर ल्याएको भनेका थिए, तर चलेन,’ उनले भने, ‘बोर्डमा समस्या छ फेर्नुपर्छ भनेका छन्, वीरगञ्जमा पाइएन, आज विश्वकर्मा पुजाको काम हुन सकेन । भोलि जसरी पनि बनाउँछु भनेका छन् ।’
त्यसैगरी अस्पतालको प्रयोगशालामा रहेको किड्नी सम्बन्धि युरिया र क्रिटी नाईन टेष्ट गर्ने मेशिन पनि विगि्रएको छ । जसले गर्दा विरामीहरुलाई थप मर्का परिरहेको छ ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकले भने अस्पतालमा आउने प्राविधिक समस्या समाधानका लागि प्रयास भईरहेको बताएका छन् । ‘डाइरेक्ट लाइनबाट एक्स-रे मेशिन चलाउँदा प्रोग्राम उड्ने समस्या देखियो ।’ उनले भने ‘युपिएस मर्मतका लागि पठाएका छौं । छिट्टै सेवा सुचारु हुन्छ ।’
युरिया र क्र्याटिनाईन टेष्ट गर्ने मेशिन भने कम्पनीबाटै मान्छे बोलाएर बनाउने गरिएकोले समय लाग्ने उनको भनाई छ । ‘मेशिन बिग्रेको छ, बनाउन पहल गरिरहेका छौं,’ मेसु हकले भने, ‘कम्पनीबाटै मानिस बोलाएर बनाउने गरेकोले केही दिन लाग्न सक्छ ।’
जसले गर्दा विरामीहरुको डायलासिस सेवा नै प्रभावित भइरहेको छ । प्रयोगशालामा आवश्यक पर्ने विभिन्न केमिकलहरु समयमा नआउँदा पनि सेवा प्रभावित हुने गरेको अस्पतालका कर्मचारीहरुले नै बताएका छन् ।
ईसीजी बिग्रिएको हल्लाले बिरामी बाहिर
अस्पतालको विभिन्न वार्डमा ईसिजी रहेको भएपनि ईसिजी बिग्रिएको हल्ला चलेपछि बिरामीलाई ईसीजी गर्न बाहिर पठाइएको छ ।
अस्पतालको ओपीडि वार्डको ईसिजी मात्रै बिग्रिएको भएपनि ईसीजी बिगि्रएको हल्ला चलेपछि विरामीहरु जाँचका लागि अस्पताल बाहिर गएका थिए ।
अस्पतालको इर्मजेन्सी, आईसीयु लगायतका विभिन्न वार्डमा ईसीजी मेशिन हुने भएपनि त्यसलाई प्रयोग नगरी विरामीलाई बाहिर पठाइएको हो ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट हकले भने ईसीजी बिग्रिएको बारे जानकारी नै नगराएकोले त्यसो हुन गएको बताए । ‘मलाई त्यसको जानकारी नै भएन, नत्र विरामीलाई अर्को वार्डमा पठाईन्थ्यो,’ उनले भने ‘ स्टोरमा पनि एक्स्ट्रा मेशिन रहन्छ ।’
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











