प्याब्सनलाई कानुनमन्त्रीको जवाफः सुनाउने र गर्दिन भन्नेलाई पनि त्यही कानुन बोल्छ
काठमाडौँ २,असोज । सदनबाट हालै पारित अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक प्रमाणीकरण नहुँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले उक्त विधेयक नमान्ने घोषणा गरेको छ। पारित विधेयकको छात्रवृत्ति सम्बन्धी व्यवस्था जस्ताको तस्तै लागू भए विद्यालय बन्द गर्ने चेतावनी प्याब्सनको छ।
पारित विधेयकले विद्यार्थी सङ्ख्याका आधारमा निजी विद्यालयले छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ।
पारित विधेयक अनुसार पाँच सयसम्म विद्यार्थी भएका स्कुलले दश प्रतिशत, आठ सयसम्म विद्यार्थी भएका स्कुलले १२ र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ। यस्तो छात्रवृत्तिमा विद्यालयले अभिभावकसँग कुनै पनि प्रकारको शुल्क लिन पाउने छैन।
तर, प्याब्सनले भने निजी विद्यालय १० प्रतिशत विद्यार्थीलाई भन्दा छात्रवृत्ति दिन नसक्ने भन्दै व्यवस्था संशोधनको माग गरेको हो।
प्रारम्भिक मस्यौदामा २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रस्ताव थियो। व्यावसायीकै दबाबमा सरकारले दश प्रतिशतमा सीमित गर्नेगरि विधेयक संसदमा लगेको थियो। संसदले त्यसलाई विद्यार्थी सङ्ख्याका आधारमा १५ प्रतिशतसम्म पु¥याएको हो।
कारबाहीको चेतावनी
कानुन नमान्ने प्याब्सनको उद्घोषलाई कानुनमन्त्री भानुभक्त ढकालले कारबाही हुने चेतावनी दिएका छन्। सोमबार मौलिक हक पारित भएका विषयमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ढकालले कानुन मान्दिनँ भन्नेलाई सोही कानुनले कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको समेत बताए।
ढकालले भने ‘यो विषयमा मैले बोल्नु नै पर्दैन, यसमा कानुन आफैँ बोल्छ। उहाँहरूलाई त्यही कानुनले बोलाइहाल्छ। मलाई पनि त्यही कानुन बोल्छ अरूलाई पनि त्यही कानुन बोल्छ । सुनाउने र गर्दिन भन्नेलाई पनि त्यही कानुन बोल्छ । कानुनले निकासको बाटो पनि खोजेको छ।’
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












