प्याब्सनलाई कानुनमन्त्रीको जवाफः सुनाउने र गर्दिन भन्नेलाई पनि त्यही कानुन बोल्छ
काठमाडौँ २,असोज । सदनबाट हालै पारित अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक प्रमाणीकरण नहुँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन ले उक्त विधेयक नमान्ने घोषणा गरेको छ। पारित विधेयकको छात्रवृत्ति सम्बन्धी व्यवस्था जस्ताको तस्तै लागू भए विद्यालय बन्द गर्ने चेतावनी प्याब्सनको छ।
पारित विधेयकले विद्यार्थी सङ्ख्याका आधारमा निजी विद्यालयले छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ।
पारित विधेयक अनुसार पाँच सयसम्म विद्यार्थी भएका स्कुलले दश प्रतिशत, आठ सयसम्म विद्यार्थी भएका स्कुलले १२ र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ। यस्तो छात्रवृत्तिमा विद्यालयले अभिभावकसँग कुनै पनि प्रकारको शुल्क लिन पाउने छैन।
तर, प्याब्सनले भने निजी विद्यालय १० प्रतिशत विद्यार्थीलाई भन्दा छात्रवृत्ति दिन नसक्ने भन्दै व्यवस्था संशोधनको माग गरेको हो।
प्रारम्भिक मस्यौदामा २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रस्ताव थियो। व्यावसायीकै दबाबमा सरकारले दश प्रतिशतमा सीमित गर्नेगरि विधेयक संसदमा लगेको थियो। संसदले त्यसलाई विद्यार्थी सङ्ख्याका आधारमा १५ प्रतिशतसम्म पु¥याएको हो।
कारबाहीको चेतावनी
कानुन नमान्ने प्याब्सनको उद्घोषलाई कानुनमन्त्री भानुभक्त ढकालले कारबाही हुने चेतावनी दिएका छन्। सोमबार मौलिक हक पारित भएका विषयमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ढकालले कानुन मान्दिनँ भन्नेलाई सोही कानुनले कारबाहीको दायरामा ल्याउने व्यवस्था गरेको समेत बताए।
ढकालले भने ‘यो विषयमा मैले बोल्नु नै पर्दैन, यसमा कानुन आफैँ बोल्छ। उहाँहरूलाई त्यही कानुनले बोलाइहाल्छ। मलाई पनि त्यही कानुन बोल्छ अरूलाई पनि त्यही कानुन बोल्छ । सुनाउने र गर्दिन भन्नेलाई पनि त्यही कानुन बोल्छ । कानुनले निकासको बाटो पनि खोजेको छ।’
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












