ताजा समाचार

सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित

सिरहा २, असोज।   सवारी चालकहरुले सवारी नचलाउँदा सिरहा लगायत पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् ।

भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाउने र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई फिर्ता गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

भएको छ । नयाँ कानुनले चालकहरुलाई तेस्रो दर्जाको नागरिकजस्तो गरेको भन्दै उनीहरुले मंगलबार सवारी साधन नचलाएका हुन् ।

भदौ १ गते देखि जारी भएको नयाँ कानुन अनुसार सवारी साधन दुर्घटनामा ज्यान गए चालकलाई कम्तीमा ५ वर्ष कैदको व्यवस्था मान्य नहुने उनीहरुको भनाइ छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अगुवाइमा विरोधमा उत्रिएका चालकहरुले असोज १ गते आफ्नो सवारीसाधनको चावी सवारीमालिकलाई बुझाउने र असोज २ गते सवारी अनुमतिपत्र संकलन गरेर जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई फिर्ता गर्ने कार्यक्रम घोषणा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org