स्वीटजरल्याण्डमा राजा त्रिभुवनको स्मारक
बार्सिलोना २, असोज । स्वीटजरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै सन्दर्भमा राजा त्रिभुवनको मृत्यु स्वीट्जरल्याण्डको जुरिच युनिभर्सिटी अस्पतालमा भएको सबैलाई थाहै छ । तर, यो अस्पताल परिसरभित्रै त्रिभुवनको एउटा स्मारक अहिलेसम्म सुरक्षित छ भन्नेचाहिँ कमैलाई थाहा छ ।
स्वीट्जरल्याण्ड पुग्ने नेपालीहरु निकै उत्सुकतापूर्वक स्मारक हेर्न अस्पताल परिसरमा पुग्छन् । तर, ठ्याक्कै कल्पना गरेजस्तो भने पाउँदैनन् । झट्ट हेर्दा एउटा सिमेन्टको पट्टी जस्तो लाग्छ । धातुको प्लेटमा कुँदिएका अक्षरहरु मेटिनै लागेका छन् र पढ्न पनि मुस्किल पर्छ ।
त्रिभुवनका छोरा राजा महेन्द्र र उनकी पत्नी रानी रत्न राज्यलक्ष्मीले स्मृतिस्वरुप छाडेको धातुको चिन्हलाई अस्पतालमा स्मारक बनाएर राखिएको छ । स्मारकमा राखिएको चिन्हमा यस्तो लेखिएको छः
श्री ५ महाराजधिराज त्रिभुवन वीर बिक्रम शाहदेव नेपाल ।
जन्म आषाढ १७ बि. सं. १९६३ । स्वर्गारोहण फागुन ३०, २०११
स्वीट्जरल्याण्डको यस शहर जुरिकको क्यान्टन्स अस्पतालमा आज आएको सम्झनामा मौसुफको दिवंगत अमर यशस्वी आत्माको पावन स्मरणका रुपमा यो चिन्ह राख्न पाउँदा हामीलाई सन्तोष लागेको छ ।
श्री ५ महेन्द्र, श्री ५ रत्न राज्यलक्ष्मी नेपाल
श्रावण २, वि. सं. २०१५
राजाको निधन भएको ४ वर्षपछि उक्त चिन्ह सम्झनास्वरूप छोडिएको उल्लेखित लेखोटबाट खुल्छ । तर, सन् १९९९ मा मात्र स्वीट्जरल्याण्डस्थित केही नेपालीहरु र स्वीस नागरिकहरुको पहलमा अस्पताल बाहिर स्मारक बनाएर राखिएको हो । यसबाट जिज्ञासा उठ्छ, त्यसो भए ४० बर्षसम्म त्यो चिन्ह कहाँ थियो त ?
४० बर्षदेखि स्वीट्जरल्याण्डमा बस्दै आएकी शुभ लामा एलमर भन्छिन्, ‘हामी सबैले सुनेअनुसार त्यो चिन्ह राजाको मृत्यु भएको कोठामा नै राखिएको थियो । लामो समयसम्म सो कोठा बन्द थियो । तर, पछि त्यो अस्पताल बाहिर कोरिडोरमा मिल्केको अवस्थामा भेट्टियो ।’
स्वीट्जरल्याण्डमा आएर स्थायी रुपमा बसोबास गर्ने पहिलो नेपालीको रुपमा परिचित बिन्दु स्टाइमण्ड पाण्डेको भनाइलाई पनि उद्वृत गर्दै लामाले यस्तो रहस्य खोलिन् ।
बन्द कोठामा रहेको त्यो चिन्ह पछि कसरी कोरिडोरमा मिल्कियो ? यो प्रश्नमा उनी भन्छिन्, ‘कोठा नै बुक गरेर बर्षौंसम्म त्यहाँ राखिएको हुनसक्छ । तर, कोठा अन्य प्रयोगमा ल्याइएपछि बाहिर बेबारिसे बनाइएको आशंका गर्न सकिन्छ ।’
यसरी बन्यो सानो स्मारक
अन्ततः सन् १९९९ मा अस्पतालको कोरिडोरमा मिल्केको त्यो धातुको चिन्हलाई अस्पताल परिसरमा नै सानो स्मारक बनाएर राखियो । एक औपचारिक कार्यक्रमका बीच स्मारकको अनावरण गरिएको थियो ।
तत्कालीन कन्सुलर डा.ह्यान्स उलिच भ्याचको बिशेष पहलमा नै यो सम्भव भएको हो । उनलाई नेपालप्रेमी भुगोलविद टोनी ह्यागन, बिन्दु स्टाइमण्ड पाण्डे, पूर्वराजदूत तथा प्राध्यापक डा.नोबलकिशोर राई लगायतले साथ दिएका थिए । यसको डिजाइन तथा आर्किटेक स्वीस नागरिक डा. जिओंबानी साईब्लरले गरेका थिए ।
अहिले नेपालबाट स्वीट्जरल्याण्ड पुग्ने नेता, कलाकारदेखि सर्वसाधारणसम्मले यो स्मारक अवलोकन गर्ने गरेका छन । एनआरएनए स्वीट्जरल्याण्डकी पूर्वउपाध्यक्ष बिजया भट्ट भन्छिन्, ‘यहाँ आउने प्राय सबै नेपालीहरुले स्वर्गीय राजाको स्मारकलाई निकै चासोका साथ नियाल्छन् ।’
स्मारक रहेको ठाउँमा नयाँ भवन बन्दै
राजा त्रिभुवनको स्मारक भएको ठाउँमा अस्पतालले नयाँ भवन बनाउने भएको छ । सन् २०२० सम्म नयाँ भवन बन्ने भएपछि स्मारकलाई अन्यत्र सार्न स्वीट्जरल्याण्डस्थित नेपालीहरु र केही स्वीस नागरिकहरु जुटेका छन् ।
संरक्षण अभियानकी एक अभियन्ता समेत रहेकी लामा भन्छिन्, ‘खान्तोन जुरिचको पुरातात्विक विभागका अन्ड्रेय बाटेलसँग यसबारे छलफल भयो । आर्किटेक साईब्लर, डिट्री एल्बर, बिन्दु स्टाइमण्ड पाण्डे लगायतको हाम्रो टोलीले नयाँ ठाउँ उपलब्ध गराउन बिभागलाई अनुरोध गर्याे । परिणामस्वरुप अस्पताल परिसरमा नै स्मारक सार्नका लागि जग्गा उपलब्ध भएको छ ।’
उक्त टोलीले पुरातात्विक विभागबाट अस्पताल निर्माणको जिम्मेवारी पाएका आर्किटेक धनेला खन्नोबलसँग पनि भेट गरिसकेको छ ।
प्यागोडा शैलीमा बनाउने सुझाव
स्मारक रहेको स्थानमा पुग्ने धेरै नेपालीहरुले यसलाई व्यवस्थित र प्यागोडा शैलीमा बनाउन सुझाव दिएका छन् ।
यही सिलसिलामा जुरिचको पुरातात्विक विभागसम्म आफूहरु पुगेको अभियन्ता लामा बताउँछिन् ।
‘हामी प्यागोडा शैलीमा पुनर्निमाण गर्ने सोचका साथ पुगेका थियाैं । तर, यहाँ त स्मारक नै मेटिन्छ कि भन्ने चिन्ता पो थपियो । सोही स्थानमा नयाँ भवन बन्दै गरेको कुरा पनि यहीँबाट नै थाहा भएको हो,’ उनले भनिन् ।
यसलाई अग्लो, फराकिलो गर्न मिल्छ कि मिल्दैन भनेर पुरातात्विक विभागलाई सोध्दा केही परिवर्तन गर्न नसकिने जवाफ आएको उनको
भनाइ छ ।
दूतावासलाई जानकारी छैन
स्मारक रहेको ठाउँमा नयाँ भवन बन्ने र स्मारकलाई नयाँ ठाउँमा सार्नेबारे आधिकारिक जानकारी नआएको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ । अनलाइनखबरसँग कुरा गर्दै स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले भने, ‘यसलाई संरक्षित गर्न सबैको प्रयास आवश्यक छ । के कसो सहयोग गर्न सक्छौं, हामी हेर्छौं ।’
अहिले नेपालमा राजा नभए पनि ऐतिहासिक महत्व बोकेका यस्ता सम्पदाको संरक्षण हुनुपर्ने लामा बताउँछिन् ।
‘विकसित मुलुकको यति ठूलो र पुरानो अस्पतालले त यति महत्व दिएको छ भने हामी नेपालीले यसमा चासो दिनैपर्छ ।’
स्वीट्जरल्याण्ड निवासी जनार्दन गौतम आफू अस्पतालको बाटो हिँड्दा एकछिन रोकिएर स्मारकमा नजर लगाउने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्वीस सरकारले नेपाल र नेपाली जनताप्रति सहानुभूति र मायाको यो प्रतिबिम्ब हो ।’
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












