ताजा समाचार

महोत्तरीको जलेश्वरमा झाडापखालालो प्रकाेप, एक बालिकाको मृत्यु

जलेश्वर ४, असोज। महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ ।

झाडापखालाबाट बिरामी चार वर्षीया बालिका खुश्बु खातुनको उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छ । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा एकसय भन्दा बढीको उपचार भइसकेको बताए । बिरामीको संख्या बढिरहेको छ ।

झाडापखालाका बिरामीलाई स्थानीय मदरसा र नजिकै रहेको स्वास्थ्य चौकीमा राखेर उपचार गर्ने क्रम जारी छ । झाडापखालाले गम्भिर बनेका केहीलाई जिल्ला अस्पतालमा पठाइएको छ ।

मुस्लिम टोलमा मंगलबार रातिदेखि झाडापखाला संक्रमण देखिएको थियो । उनीहरुको बुधबार बिहानैबाट उपचार थालिएको थियो ।

खेतमा पानी जमेको स्थानमा पाइएका माछा खाँदा भाडापखाला फैलिएको चिकित्सकहरुले बताएका छन् ।

जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोलीले उपचार गरिरहेको बताए । अन्यत्र संक्रमण फैलिन नदिने गरी काम भैरहेको उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org