सरकार र यातायात व्यवसायीका प्रतिष्ठाको लडाइँमा दसैं टिकट अन्योल
काठमाडाैँ ५,असोज ।सरकार र यातायात व्यवसायीका प्रतिष्ठाको लडाइँमा दसैं टिकट खुलाउने विषय अन्योल बनेको छ ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसैको विरोध गर्दै दसैंको मुखमै आएर व्यवसायीले अग्रिम टिकट नखोल्ने बताए । दसैंको मुखमै आएर सहमति गरिसकेको टिकट बुकिङमा व्यवसायीहरूले पुनः अवरोध पु¥याएपछि दसैंमा आ–आफ्ना घर जाने यात्रुलाई गन्तव्यसम्म पुग्न समस्या हुने भएको हो । ४८ घण्टाभित्र सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए टिकट बुकिङ नखोल्ने अडान व्यवसायीले राखेका छन् ।
यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘४८ घण्टाभित्र सरकारले पेट्रोलियम पदार्थको मूल्य फिर्ता नलिए टिकट बुकिङ खुल्दैन ।’
कर्माचार्यले सरकारलाई विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन आग्रह गरिसकेको बताए । ‘शुक्रबारसम्म फिर्ता नलिए टिकट खुल्दैन,’ उनले राजधानीसँग भने । ३१ भदौमा यातायात व्यवस्था विभागमा व्यवसायी र सरकारबीच बसेको बैठकले ५ असोजमा दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने सहमति भएको थियो ।
दसैंको मुखमै आएर सर्वसाधारणलाई दुःख दिनेगरी टिकट बुकिङमा बाधा पु¥याए सरकारले कारबाही गर्न सक्ने जनाएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले भने, ‘सहमति भइसकेपछि बुकिङ रोकिन्न ।’
सहमति गरिसकेपछि पनि सर्वसाधारणलाई दुःख दिने नियतले टिकटको अग्रिम बुकिङमा अवरोध नपु¥याउनेगरी सहमति भएको प्रवक्ता उपाध्यायले बताए । यदि, टिकट बुकिङमा अवरोध आए सरकारले विकल्प खोज्ने उनले बताए । टिकट खोल्न कुनै बाधा अड्चन गर्ने व्यवसायीलाई सरप्राइजका रूपमा कारबाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ ।
यसअघि व्यवसायीले यातायात समितिका नाममा भएका बैंक खाता खोल्नुपर्ने, वैज्ञानिक भाडादर लागू गर्नुपर्ने, ३ लाख रुपैयाँभन्दा बढीको बिमा रकम व्यवसायीले तिर्न नसक्नेलगायतका विभिन्न माग राख्दै दसैं टिकट अन्योल बनाएका थिए । सोही अन्योलका कारण २४ भदौमा खुल्ने भनिएको टिकट बुकिङ खुल्न सकेको थिएन । सरकार र व्यवसायीबीचको छलफलले समितिका कम्पनी ऐनअनुसार दर्ता भएका खाता खुला गर्ने निर्णय गरेको थियो । जुन निर्णयपछि दुवै पक्षबीच अग्रिम टिकट खोल्ने सहमति भएको थियो । तर, व्यवसायीले पुनः अड्कोे थाप्दै पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिनुपर्ने माग अघि सार्दै टिकट अग्रिम बुकिङ अन्योल बनाएका छन् । सरकाले पेट्रोलियम पदार्थको मूल्य फिर्ता लिन्छ कि लिँदैन भन्ने विषयमा छलफल भइरहेको छ ।
सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेटको अन्त्य गर्दै यातायातसँग सम्बद्ध सबै समितिका नाममा भएका बैंक खाता बन्द गर्ने निर्णय गरेको थियो । विभागका अनुसार यातायात क्षेत्रको सिन्डिकेट खारेज भएयता ३ सयको हाराहारीमा समिति कम्पनीमा दर्ता भएका छन् । विभागले तिनै कम्पनीमा दर्ता भएका समितिको बैंक खाता खुला गर्ने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












