तान्जानियामा डुङ्गा दुर्घटना, एक सयको मृत्यु, दर्जनौ वेपत्ता
नैरोबि ५,असोज । तान्जानियामा रहेको अफ्रिकाको ठूलो ताल भिक्टोरियामा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा एकसय जनाको मृत्यु हुनको साथै अन्य दर्जनौ वेपत्ता भएका छन् ।
तान्जानियाका उद्धारकर्ताहरुले शुक्रबार सो दुर्घटना भएको जानकारी दिएका छन् । बेपत्ताहरुको खोजीकार्य शुरु गरिएको र उनीहरुको जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।
यहाँको उकारा द्वीपनजिकै बिहीबार अपराह्न करिब एकसय यात्रु सवार रहेको सो डुङ्गा दुर्घटना भएको थियो । दर्जनौको सङ्ख्यामा बेपत्ता रहेका व्यक्तिले ज्यान गुमाउने डर भएको उकेरेवे जिल्ला परिषदका प्रमुख जर्ज न्यामाहाले चिन्ता व्यक्त गर्नु भएको छ ।
क्षेत्रीय गभर्नर जोन मोङगेल्लाले यस दुर्घटनमा परी करिब एकसय जनाको मृत्यु भएकोे र अन्य ३७ जनालाई उद्धार गरिएको बिहीबार बताए । यद्यपी उद्धार गरिएकाहरुमा पनि केहीको अवस्था चिन्ताजनक भएको जोनले बताए छ ।
तान्जानियाको सरकारी निकायका अनुसार यस डुङ्गामा कति व्यक्ति सवार रहेका थिए भन्ने प्रष्ट भएको छैन । डुङ्गा दुर्घटनाको कारण हाल प्रष्ट नभएको तर यसप्रकारको दुर्घटनामा बारम्बार क्षमता भन्दा बढी नै व्यक्ति रहने गरेका कारण नै हुने गरेको सम्बन्धित अधिकारीहरुले दाबी गरेका छन् । करिब ७० हजार वर्ग मिलोमिटर क्षेत्रफल रहेको यो भिक्टोरिया ताल अण्डाकारमा रहेको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












