नेकपाले बामदेवको लागि जुन सिट खाली गराए पनि कांग्रेस जित्ने प्रबक्ता शर्माको दाबी
बाँके ६,असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउनका लागि नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले जुन सिट खाली गराए पनि कांग्रेस जित्ने दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले यस्ताे दाबी गरेका हुन्।
उनले गौतमका लागि यो वा त्यो निर्वाचन क्षेत्रको विषयमा हल्ला गर्नुभन्दा छिटो निर्वाचन क्षेत्र खाली गराएमा आफूहरुलाई निर्वाचनको तयारी गर्न सहज हुने बताए। प्रवक्ता शर्माले सरकार गठन भएको ६ महिना मात्रै भएकाले कामको पूर्ण समिक्षा गर्ने बेला अाइनसकेकाे बताए । उनले आर्थिक विकास र समृद्धिमा सरकारको अहिले नै आलोचना गर्ने समय नभएको भन्दै शान्ति सुरक्षामा सरकार निकै चुकेकाे बताए ।
प्रवक्ता शर्माले भने, ‘दुई तिहाईको साथले मात्र प्रधानमन्त्रीले जनपक्षीय काम गर्न सक्दैनन् त्यसका लागि कार्यक्षमता देखाउन सक्ने टाेलीकाे खाँचाे हन्छ ।’ छाेटाे अवधिममा सरकार धेरै ठाउँमा चुकेकाे बताउँदै अहिलेसम्मको कामकारबाहीको मुल्यांकन गर्दै सच्चिएर अघि बढ्नु पर्नेमा प्रवक्ता शर्माले जोड दिए ।
संविधान बनेकाे ४ वर्ष भइसक्दा पनि सबै नेपालीलार्इ अटाउन सरकार उदासीन देखिएकाे भन्दै उनले संविधानमाथिकाे खतरामा टार्न संविधान जारी गर्ने समयका सहयात्री दलबीच सहकार्य आवश्यक रहेकाे बताए ।
प्रवक्ता शर्माले सरकार प्रदेशको नामाकरण ,स्थायी राजधानी र संविधानको सफल कार्यान्वयन तथा पालना गराउनमा उदासीन देखिएकाे अाराेप लगाए। उनले करको विषयमा स्थानीय तहलाई दोष देखाएर संघीयताप्रति नै नकारात्मक धारणा बनाउन मद्दत गर्नु भन्दा पनि संविधान अनुसारको प्राकृतिक श्रोत तथा वित्त आयोग गठन गर्न सुझाव दिए।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












