बडिगाड थुनिएर बनेको ताल विस्फोट गरेर फुटाउन मिल्दैन
गुल्मी ७, असोज । नेपाली सेनाको इन्जिनियरिङ टोलीले तुरतुरेको पहिरोले थुनिएर बनेको बागलङ्को बडिगाड खोलाको ताल विस्फोट गरेर फुटाउन नसकिने निश्कर्ष निकालेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत तुरतुरेमा गत भदौ २९ शुक्रबार राति पहिरो खस्दा खोला थुनिएर ठुलो ताल बनेको छ । उक्त ताल खोल्न सेनाको १४ नम्बर बाहिनी अड्डा काठमाडौबाट प्रमुख सेनानी राधाकृष्ण थापासहितको बम डिस्पोजल टोलीले ताल आसपासको बस्तुगत अवस्थाको अवलोकन गरेको हो ।
अध्ययनपछि सेनानी थापाले अहिलेको अवस्थामा बम हानेर ताल खोल्दा तल्लो भागमा ठूलो क्षती हुने भएकोले यसरी खोल्न नसकिने निश्कर्ष निकालेको बताए ।
ताल थुनिएर पानी बग्नै छाडेको अवस्थामा भने नेपाली सेनाले थप जनशक्ति पठाएर ताल खोल्ने बताउँदै उनले त्यसका लागि प्राविधिक टोलीलाई नेपाली सेनाको घोडाबाँधे ब्यारेकमा राखिरहने बताए ।
काठमाडौं पुग्नेवित्तिकै रिपोर्ट बुझाउने र हप्तापछि सडक विभागले सडक निर्माण गरेपछि मात्रै आफ्नो टोली तालको पानी घटाउन आउने सेनानी थापाको भनाइ छ ।
खोलामा बगिरहेको पानी अहिले ताल माथिबाट बगिरहेको छ । तालमा करिब ८ लाखदेखि १० लाख लिटरसम्म पानी रहेको सेनाको अध्ययन टोलीले जानकारी दिएको छ ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले पनि तत्काल ताल खोल्न समस्या रहेको बताएका मछन् । ‘नेपाली सेनाको टोलीबाट कसरी ताल खोल्न सकिन्छ भन्ने अध्ययन भएको छ,’ प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘अध्ययन टोलीको प्रतिवेदनका आधारमा अगाडि बढिनेछ ।’
उनले ताल खोल्न भन्दा पनि तत्काल अस्थायी रुपमा भएपनि बन्द मध्यपहाडी लोकमार्ग सुरु गर्न काम अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते !
काठमाडाैं । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा: सिएमसी नेपाल
कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११...












