संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन
काठमाडौं ७, असाेज। संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् ।
संसदीय सुनुवाई विशेष समितिको आईतबार सिं हदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो ।
एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका जेष्ठ सदस्य भिमसेनदास प्रधानले जानकारी दिए ।
यसअघि पनि जेष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरु पनि सर्वसम्मत ढंगले सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।
बैठकमा समितिका सदस्यहरुले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए । समितिका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रुपमा अघि बढाउन सभापति कर्ण सक्षम हुने विश्वास व्यक्त गरे ।
समितिकी अर्का सदस्य पूर्णकुमारी सुवेदीले पनि सभापतिमा निर्विरोध निर्वाचित हुनु भएका कर्ण समक्ष र योग्य रहेको उल्लेख गर्दै समितिको आफ्नो कार्य सम्पादन परिपक्व ढंगले अघि बढ्ने विश्वास व्यक्त गरिन् ।
नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद हुन् ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











