के तपाँई अश्लिल वेबसाइट हेर्नुहुन्छ,अब देखि होसियार ! मोबाइल र ल्यापटप ट्रेस गरी प्राधिकरणले कारवाही गर्दैछ
काठमाडाैँ ८,असोज । यौनजन्य सामाग्री साइट हेर्ने ब्यक्ति र उपलब्ध गराउने सेवा प्रदायक कम्पनीलाई नेपाल दुरसंचार प्राधिकरणले पाँच लाख रुपैयाँ सम्म जरिवाना गराउने भएको छ।
नेपाल दुरसंचार प्राधिकरणले यौनजन्य सामाग्रीहरुको आदानप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ।
इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लिल सामाग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल मान्यता र सद्भावमा खलल पुग्नुका साथै यौनजन्य हिंसा र विकृती सिर्जना हुने भएको कारण प्राधिकरणले उक्त वेबसाइट बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार निर्देशन पालना नगर्ने सेवा प्रदायक कम्पनीलाई दूरसंचार ऐन २०५३ बमोजिम जरीवाना सहित अनुमतिपत्र रद्ध गरिनेछ।
प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले भने- ‘इन्टरनेटमा भएको अश्लिल साइट ब्लक गर्ने भनेको निकै चुनौतीपूर्ण काम हो। दैनिक लाखौँ अश्लिल साइटहरु अपलोड भइरहेका हुन्छन्। खुला अर्थतन्त्र भएको मुलुकमा जतिपनि सेवा प्रदायक कम्पनीले लाइसेन्स लिन सक्छन्। तर मुलुकी अपराध संहिता ऐन २०७४ले यस्ता साइट प्रयोग गर्न नपाउने भनेको छ। यसकारण यस्ता साइट प्रयोगकर्ता र सेवाप्रदायक कम्पनीलाई राज्यले नै कारवाही गर्नेछ। प्रहरी र अदालतले कार्वाही त गर्छ नै। साथै प्राधिकरणले पनि पाँच लाखसम्म जरीवाना र लाइसेन्स रद्ध गर्न सक्ने प्रावधान रहेको छ।’
ऐन अनुसार सेवा प्रदायक कम्पनी आफैँले अश्लिल भिडीयो कन्टेन्ट हेर्न र आदानप्रदान बन्द गराउनका लागि सफ्टवेयर प्रयोग र नियमीत अनुगमन गर्नुपर्ने खनालले जानकारी दिए।
यस्ता कन्टेन्ट नियन्त्रणमा ल्याउन सकिए पनि समय लाग्न सक्ने उनले बताए। अश्लिल साइट हेर्न दिने सेवा प्रदायक कम्पनी र हेर्ने व्यक्तिको डिभाइसमा भएको आइएमइआइ नम्बर ट्रेस गरि कारवाही गरिने उनले बिजमाण्डूलाई भने।
कानुनममा अपराध सम्हिता आएपछि यौनजन्य सामाग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणलाई रोक गर्न किटान गरेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए।
‘अहिले सर्वसाधारणले विभीन्न वेबसाइटका माध्यमबाट अश्लिल सामाग्री आदान प्रदान गर्दै आएको पाइएको छ। यस्ता कुरालाई निरुत्साहित गर्ने उद्धेश्यले इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्रोझटोकल एड्रेसमार्फत रोक लगाउन निर्देशन दिएका छौँ। यसो भएपछि नेपालभित्र प्रयोगकर्ताले यस्ता सामाग्री प्रशारण र आदानप्रदान गर्न सक्दैनन्।’ प्रवक्ता अर्यालले भने।
संचार मन्त्रालयले गत शुक्रबार जारी गरेको निर्देशन अनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यो निर्देशन गरेको उनले बताए।
सामाजिक संजाल पनि अश्लिलकुरा, आपराधिक गतिवीधी सम्वन्धी सुचना आदानप्रदान गर्ने प्लेटफर्म रहेको बताउँदै अर्यालले भने,’सेवा प्रदायकसँग सबै प्रयोगकर्ता र डिभाइस जोडीएका हुन्छन्। सेवा प्रदायक कम्पनीले नै त्यस्ता कन्टेन्टलाई सफ्टवेयरमार्फत रोक लगाउन सक्छन्। अपराध संहिता आएपछि सामाजिक सञ्जालमार्फत सामाजिक मान्यतालाई अवरोध गर्ने कन्टेन्ट आदानप्रदान गर्ने व्यक्ति र सेवाप्रदायक कम्पनी दुवैलाई कारवाही हुनेछ।’
उजुरीमार्फत र अनुगमन गरेको आधारमा कारवाही गरिने उनले जानकारी दिए। अर्यालका अनुसार यो विषयमा प्राधिकरणले सेवाप्रदायक कम्पनीसँग एक चरणको छलफल गारिसकेको छ।
नेपाल टेलिकमले अश्लिल साइट बन्द गर्न सुरु गरिसकेको सहप्रवक्ता शोभन अधिकारीले बताए। ‘एकैपटक १०० प्रतिशत समस्या समाधान गर्न सकिँदैन। हामीले यस्ता साइटहरु नेपाल टेलिकमको सर्भरबाट हटाउँदै गएका छौँ। हामीलाई निर्देशन आएअनुसार हामीले विभीन्न अश्लिल साइट बन्द गर्न सुरु गरिसकेका छौँ।’ उनले भने।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












