के तपाँई अश्लिल वेबसाइट हेर्नुहुन्छ,अब देखि होसियार ! मोबाइल र ल्यापटप ट्रेस गरी प्राधिकरणले कारवाही गर्दैछ
काठमाडाैँ ८,असोज । यौनजन्य सामाग्री साइट हेर्ने ब्यक्ति र उपलब्ध गराउने सेवा प्रदायक कम्पनीलाई नेपाल दुरसंचार प्राधिकरणले पाँच लाख रुपैयाँ सम्म जरिवाना गराउने भएको छ।
नेपाल दुरसंचार प्राधिकरणले यौनजन्य सामाग्रीहरुको आदानप्रदान, प्रकाशन र प्रसारणलाई बन्देज लगाएको छ।
इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लिल सामाग्रीमा सहज पहुँचले गर्दा नेपाली समाजको मूल मान्यता र सद्भावमा खलल पुग्नुका साथै यौनजन्य हिंसा र विकृती सिर्जना हुने भएको कारण प्राधिकरणले उक्त वेबसाइट बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार निर्देशन पालना नगर्ने सेवा प्रदायक कम्पनीलाई दूरसंचार ऐन २०५३ बमोजिम जरीवाना सहित अनुमतिपत्र रद्ध गरिनेछ।
प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले भने- ‘इन्टरनेटमा भएको अश्लिल साइट ब्लक गर्ने भनेको निकै चुनौतीपूर्ण काम हो। दैनिक लाखौँ अश्लिल साइटहरु अपलोड भइरहेका हुन्छन्। खुला अर्थतन्त्र भएको मुलुकमा जतिपनि सेवा प्रदायक कम्पनीले लाइसेन्स लिन सक्छन्। तर मुलुकी अपराध संहिता ऐन २०७४ले यस्ता साइट प्रयोग गर्न नपाउने भनेको छ। यसकारण यस्ता साइट प्रयोगकर्ता र सेवाप्रदायक कम्पनीलाई राज्यले नै कारवाही गर्नेछ। प्रहरी र अदालतले कार्वाही त गर्छ नै। साथै प्राधिकरणले पनि पाँच लाखसम्म जरीवाना र लाइसेन्स रद्ध गर्न सक्ने प्रावधान रहेको छ।’
ऐन अनुसार सेवा प्रदायक कम्पनी आफैँले अश्लिल भिडीयो कन्टेन्ट हेर्न र आदानप्रदान बन्द गराउनका लागि सफ्टवेयर प्रयोग र नियमीत अनुगमन गर्नुपर्ने खनालले जानकारी दिए।
यस्ता कन्टेन्ट नियन्त्रणमा ल्याउन सकिए पनि समय लाग्न सक्ने उनले बताए। अश्लिल साइट हेर्न दिने सेवा प्रदायक कम्पनी र हेर्ने व्यक्तिको डिभाइसमा भएको आइएमइआइ नम्बर ट्रेस गरि कारवाही गरिने उनले बिजमाण्डूलाई भने।
कानुनममा अपराध सम्हिता आएपछि यौनजन्य सामाग्रीको आदानप्रदान, प्रकाशन र प्रशारणलाई रोक गर्न किटान गरेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए।
‘अहिले सर्वसाधारणले विभीन्न वेबसाइटका माध्यमबाट अश्लिल सामाग्री आदान प्रदान गर्दै आएको पाइएको छ। यस्ता कुरालाई निरुत्साहित गर्ने उद्धेश्यले इन्टरनेट सेवा प्रदायकले इन्टरनेट प्रोझटोकल एड्रेसमार्फत रोक लगाउन निर्देशन दिएका छौँ। यसो भएपछि नेपालभित्र प्रयोगकर्ताले यस्ता सामाग्री प्रशारण र आदानप्रदान गर्न सक्दैनन्।’ प्रवक्ता अर्यालले भने।
संचार मन्त्रालयले गत शुक्रबार जारी गरेको निर्देशन अनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीलाई यो निर्देशन गरेको उनले बताए।
सामाजिक संजाल पनि अश्लिलकुरा, आपराधिक गतिवीधी सम्वन्धी सुचना आदानप्रदान गर्ने प्लेटफर्म रहेको बताउँदै अर्यालले भने,’सेवा प्रदायकसँग सबै प्रयोगकर्ता र डिभाइस जोडीएका हुन्छन्। सेवा प्रदायक कम्पनीले नै त्यस्ता कन्टेन्टलाई सफ्टवेयरमार्फत रोक लगाउन सक्छन्। अपराध संहिता आएपछि सामाजिक सञ्जालमार्फत सामाजिक मान्यतालाई अवरोध गर्ने कन्टेन्ट आदानप्रदान गर्ने व्यक्ति र सेवाप्रदायक कम्पनी दुवैलाई कारवाही हुनेछ।’
उजुरीमार्फत र अनुगमन गरेको आधारमा कारवाही गरिने उनले जानकारी दिए। अर्यालका अनुसार यो विषयमा प्राधिकरणले सेवाप्रदायक कम्पनीसँग एक चरणको छलफल गारिसकेको छ।
नेपाल टेलिकमले अश्लिल साइट बन्द गर्न सुरु गरिसकेको सहप्रवक्ता शोभन अधिकारीले बताए। ‘एकैपटक १०० प्रतिशत समस्या समाधान गर्न सकिँदैन। हामीले यस्ता साइटहरु नेपाल टेलिकमको सर्भरबाट हटाउँदै गएका छौँ। हामीलाई निर्देशन आएअनुसार हामीले विभीन्न अश्लिल साइट बन्द गर्न सुरु गरिसकेका छौँ।’ उनले भने।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...











