अस्ट्रेलियाले नेपाललाई दिदैछ एक जोडी कंगारु उपहार
काठमाडाैँ १०,असोज । अस्ट्रेलियाले नेपाललाई दुईवटा कंगारु उपहार दिने भएको छ । न्यू साउथ वेल्स राज्यले एक जोडी कंगारु दिन लागेको हो ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणका क्रममा नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा भएको हो ।
मंगलबार र बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा उक्त राज्यका गभर्नरसँगको भेटका क्रममा नेपाललाई कंगारु उपहार दिने जानकारी दिइएको राजदूत शेर्पाले जानकारी दिइन् ।
यस्तै, भ्रमणमा राज्यका न्यायालयका प्रमुखसँग पनि भेट भएको थियो । उक्त भेटमा नेपालको न्यायिक निकायहरुसँग सहकार्य गर्ने सहमति भएको राजदूत शेर्पाले बताइन् । नेपालका विभिन्न राज्यहरु र अस्ट्रेलियाका राज्यहरुबीच सम्बन्ध स्थापित गर्ने सहमति पनि भएको छ ।
न्यू साउथ वेल्समा नेपालीहरुको संख्या बढेकोले सामुदायिक अनुदानहरु बढाउनु पर्ने, विद्यार्थीका समस्या तत्काल समाधान गर्ने, नेपाली समुदायलाई यहाँको बिशेष प्रतिष्ठानहरुमा सहभागी गराउनु पर्ने लगायतका विषयमा पनि सहमति भएको राजदूत शेर्पाले जानकारी दिइन् ।
नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षको अवसरमा २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने सोचाइ रहेको पाइएको राजदूत शेर्पाको भनाइ छ ।
राजदूत शेर्पाको न्यू साउथ वेल्स राज्यको औपचारिक भ्रमणले अस्ट्रेलियामा नेपाली समुदायका सकरात्मक पक्षहरु स्थापित गर्न सफल भएको न्यू साउथ वेल्सका नेपाली महाबाणिज्यदूत दीपक खड्काले बताए ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












