पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारको नाममा जिल्ला अदालत राैतहटद्वारा पक्राउ पुर्जी जारी
राैतहट १०,असोज । ठेक्का लिएर पनि समयमा काम पूरा नगरेको रेकर्ड बनाएको पप्पु कन्सट्रक्सन प्रालि वीरगन्जका सञ्चालक सुमित रौनियारलाई जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्लाको गौर नगरपालिका–४ टिकुलिया घाटमा रहेको लाल बकैया नदीमा गत भदौ २९ गते डुंगा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको मुद्दामा अनुसन्धानका लागि पप्पु कन्सन्ट्रक्सनका सञ्चालक रौनियारलाई अदालतमा हाजिर हुन पटकपटक बोलाउँदा पनि उपस्थित नभएका कारण पक्राउ पुर्जी जारी गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ९ को उफा २ बमोजिम रौनियारलाइ पक्राउ गर्न जिल्ला अदालतसमक्ष माग गरेकोमा अदालतले असोज ४ गते पक्राउ गर्न आदेश जारी गरेको हो ।
निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएर डुंगा फुट्दा दुर्घटना भएको र समयमै पुल निर्माणको काम नसकेका कारण दुर्घटना भएकोले कम्पनी दोषी भएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएका थिए । निर्माण कम्पनीको चरम लापरबाहीका कारण स्थानीयले अकालमै ज्यान गुमाउनु परेपछि लापरबाही गर्ने पप्पु कन्सन्ट्रक्सनविरुद्ध मुद्दा दायर गरेको स्थानीय युवा विनोद सहनीले बताए ।
मुद्दा दायर भएको एक महिनापछि पनि प्रहरीको आदेश नमान्दै अनुसन्धानका लागि आउन नमान्ने कम्पनीका प्रमुखलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी केदार ढकालले बताएका छन् । उक्त डुंगा दुर्घटनामा परी गौर नगरपालिका–४ की ४५ इन्दुदेवी कुर्मी, गौर–४ टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नगरपालिका औरयाटोलकी ३५ वर्षीया रुनादेवी पटेल, गौर–४ की १० बर्षिया बालिका उषमा पटेल र १९ वर्षीय ओमप्रकाश चन्द्रवंशीको मृत्यु भएको थियो । ०७१ साल कात्तिकबाट निर्माणकार्य सुरु गरी गत २०७४ असारसम्ममा निर्माण सम्पन्न हुनुपर्ने पुलको काम पिलरमात्र ठडिएको छ । पुल बनाउने जिम्मा पाएको पप्पु कन्सन्ट्रकसनले म्याद सकिँदासमेत पाँच वटा पिल्लरबाहेक अरु केही बनाउन सकेको छैन । पुल निर्माणका लागि पप्पु कन्ट्रक्सनले १९ करोड ५ लाख १८ हजारमा लिएको थियो । अहिले उक्त पुलमा ६० प्रतिशत काम भएको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











