काममा ढिलासुस्ती गरेको भन्दै लेखापाललाई मेयरले झापड हाने पछी……………
महोत्तरी ११,असोज । काममा ढिलासुस्ती गरेको भन्दै महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले लेखा अधिकृतलाई झापड हानेका छन् । लेखा अधिकृत पवनकुमार अधिकारीलाई मेयर साहलाई बुधबार साँझ आफ्नै कार्यकक्षमा झापड हानेको पुष्टि भएको हो।
गत वर्षको आयव्यय र हिसाबकिताब पारदर्शी गर्न पटक-पटक आग्रह गर्दा पनि उल्टै विभिन्न बाहाना गरेको र गैरजिम्मेवारी तवरले जे गर्न सक्नुहुन्छ गर्नु भनेपछि आफूले झापड हानेको मेयर साहले स्वीकार गरेका छन् ।
नगरप्रमुखको कार्यकक्षमा लेखा अधिकृत अधिकारीसँग हिसाबकिताब दिन आग्रह गरेका थिए । अधिकारीले जे गर्नु छ गर्नुस भन्दै उल्टै गैरजिम्मेवारी जवाफ दिएपछि आफूले बुधबार हात छोडेको नगरप्रमुख साहले बताए ।
पटक-पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि दुई झापड हानेको मेयर साहले बताए ।
भगाह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत रामचन्द्र लामगादेले गत वर्षको आयब्ययसमेत नआएको बताए । उनले आर्थिक वर्ष सकिसक्यो अहिलेसम्म पनि हिसाब किताब नआएको बताएका छन् ।
मेयरलाई कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने र अन्य कानुनी प्रक्रियाबारे आन्तरिक छलफल भइरहेको लेखा अधिकृत अधिकारीले बताएका छन् ।
नगरपालिकाको हिसाबकिताब पारदर्शी राख्न र जनप्रतिनिधिलाई दिन पटक-पटक निर्देशन लिखित मौखिक भनेपनि लेखा अधिकृतले अटेरी गर्दै आएको र गतबर्सको योजनाहरुको रकमसमेत भुक्तानी गर्न निर्णय भएपनि लेखा अधिकृतले अटेर गरेको जनप्रतिनिधिको भनाइ छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











