आफैले गोली हान्न लगाएको खुलेपछी,तिरेन सरकारले श्रीनिवासको उपचार खर्च
काठमाडाैँ ११,असोज । आफैंलाई गोली हान्न लगाएको आरोपमा डेढ महिना कारागारमा बसेका पण्डित श्रीनिवास आचार्यले उपचारको खर्च आफैं तिरेका छन् ।
यसअघि न्यूरो अस्पतालमा २१ दिनको उपचारपछि काठमाडौं फर्किएका उनको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताइएको थियो । तर, १४ वैशाखमा प्रहरीले आचार्यकै योजनामा गोली प्रहार गरिएको निष्कर्षसहित उनलाई पक्राउ गरेपछि उपचार खर्च तिर्नबाट सरकार पछि हटेको हो ।
हस्पतालमा उपचारको बिल १ लाख २० हजार रुपैयाँ उठेको थियो । बक्यौता रकम तिर्न अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई बिल पठाएको थियो । तर, प्रशासन कार्यालयले नतिरेपछि आचार्य आफैंले अहिले बिल तिरेका छन् ।
अस्पताल स्रोतका अनुसार उनको उपचारमा १० हजार रुपैयाँ छुट दिइएको थियो । श्रीनिवासका सहयोगी पंकज आचार्यले १ लाख १० हजार रुपैयाँ अस्पताललाई बुझाएका थिए । उलनाई एक दिन आइसियू र २० दिन पोष्ट अपरेटिभ वार्डमा राखिएको थियो ।
न्यूरो अस्पतालमा उपचार गराएका आचार्यलाई हेर्न गएका सरकारका प्रतिनिधिले सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने बताएका थिए । उपचार गराइरहेका बेला प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायतले राज्यले उपचार खर्च व्योहोर्ने वचन दिएका थिए ।
यसअघि गत २५ चैतमा मध्यराति विराटनगर–१४ जतुवामा पुराण बाचन गर्न आएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
उनीमाथि चितवन भरतपुर महानगरपालिका–४ का २९ वर्षीय माधव चौधरीले गोली प्रहार गरेका थिए भने नवलपरासी गैडाकोट नगरपालिका– ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीले पण्डित आचार्यलाई नै पेस्तोल र गोली दिएका थिए ।
दुबै जनालाई जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योगमा कारागार चलान गरिएको थियो भने हातहतियार मुद्दा लगाइएका श्रीनिवास ८ असारमा धरौटीमा छुटेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












