बुकिङ खुलेको ३ दिनमै सकियो बसको टिकट, दशैंका यात्रु तनावमा
एसी र डिलक्सका नाममा यात्रु ठगिँदै,सम्बन्धित निकाय भने बेखबर
काठमाडाैँ १२,असोज । दशैंका लागि आ–आफ्नो घर फर्किन राजधानी काठमाडौंबाट सवारी टिकट लिनेको संख्या अन्य समयको भन्दा उच्च हुन्छ। यसैका लागि भनेर सरकार तथा विभिन्न यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ्गको व्यवस्था गर्दै आएका छन्।
वर्षेनी चलिरहने यो प्रक्रियाका लागि यात्रु तथा सर्वसाधारणले सास्ती भोग्नु नपर्ने हो। तर, हरेक वर्ष सहजताका साथ टिकट पाउनु र घर जानु अधिकांश यात्रुका लागि दिवास्वप्न मात्रै हुने गरेको छ। सरकारले बेलैमा उचित प्रबन्ध तथा पहल नगर्नु तथा सेवामुखी व्यवसाय भएपनि यातायात व्यवसायी र कम्पनीहरुले ‘वर्षभरीका लागि बढी नाफा कमाउने सिजन हो’ भन्दै अघि बढ्नुले यात्रुहरु चेपुवामा पर्ने गरेका हुन्।
यसवर्षको दशैं आउन केही दिन मात्रै बाँकी छ। यसअघि करिब १ महिनाको समय राखेर अग्रिम टिकट बुकिङ खुल्ला गरिने भए पनि यातायात व्यवसायीको अडानका कारण गत मंगलबारबाट मात्रै टिकट बुकिङ खुलाउन उनीहरु राजी भए। भदौ ३१ गते यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच बसेको बैठकको निष्कर्षअनुरुप असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो।
तर, कम्पनी ऐनअनुरुप दर्ता भएका यातायात कम्पनी तथा व्यवसायीले तोकिएको समयमै टिकट बुकिङ खुल्ला गरेपनि अन्य अधिकांश यातायात व्यवसायीले भने सहमतिअनुरुपको कार्य गर्न मानेनन् र आन्दोलनमा उत्रिए। पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै टिकट बुकिङ खुल्ला नगर्ने निर्णयमा पुगेका थिए।
सोपश्चात् सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बीच वार्ता भयो र सार्वजनिक सवारीमा १० प्रतिशत भाडा बढाउन दुवै पक्ष एकमत भए। सहमतिअनुरुप गएको मंगलबारबाट सबै यातायात व्यवसायीले टिकट बुकिङ खुलाए।
टिकट बुकिङ नखुल्दासम्म खुल्ने÷नखुल्ने दुविधामा रहेका यात्रुहरु हिजोआज फेरि अर्को समस्यामा पर्ने गरेका छन्। बुकिङ खुल्ला गरिएको २ दिनपछि नै व्यवसायीले टिकट सकियो भन्न थालेपछि यात्रुहरुलाई सास्ती थपिएको हो। मंगलबार र बुधबार सहज रुपमै टिकट प्राप्त गरेको भएपनि बिहीबार भने टिकट काउन्टरमा रहेका कर्मचारीले टिकट सकिएको जानकारी दिने गरेको यात्रुहरुले गुनासो गरेका छन्।
बिहीबार गोंगबुस्थित नयाँ बसपार्कमा भेटिएका पाल्पा तानसेनका बालगोपाल सिंहले आधा घण्टा लाइन बसेपनि टिकट नपाएको गुनासो गरे। ‘आधा घण्टा लाइन बसें। आफ्नो पालो आइनपुग्दै टिकट सकियो भनियो।’, उनले प्रश्न गरे, ‘दुई दिनमै सबै टिकट कसरी सकिन्छ? अब काठमाडौंका यत्रा यात्रु कसरी घर पुग्ने?’
सिंहले नियम बनेपनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा जनतालाई सास्ती कम नभएको बताए। ‘सरकारले सिन्डिकेटको अन्त्य भएको भनेर घोषणा त गर्यो। तर, यो कार्यान्वयनमा आउन सकेको देखिँदैन। जसको उदाहरण यसपटकको टिकट बुकिङमा यातायात व्यवसायीको अडानलाई लिन सकिन्छ।’, उनले भने, ‘मलाई लाग्छ नेपालमा जस्तो सुकै नियम ल्याए पनि लागू नै हुँदैन। सबै नियमहरु भनाइमा सुन्दा आनन्द लागेको तर प्रयोगमा आएको नदेख्दा यात्रुहरु खिन्न छन्।’
उनले जनताको सेवासँग जोडिएको विषयमा यातायात व्यवसायी पनि जिम्मेवार बन्नुपर्ने तर्क गरे। सिंह असोज ३० गतेका लागि नयाँ बसपार्कस्थित पश्चिम नेपाल बस व्यवसायी संघको टिकट काउन्टरमा पुगेका थिए।
उता नेपाल यातायात व्यावसायी महासंघका महासचिब सरोज सिटौला भने यात्रुहरुलाई सहज रुपमा टिकट बुकिङको वातावरण मिलाएको दाबी गर्छन्। उनले भने, ‘यात्रुहरुले अन्तिम अन्तिम सिट भएपछि टिकट पाइएन भन्ने गरेका छन्। अहिले नै टिकट नपाइने भन्ने वातावरण छैन।’
महासचिब सिटौलाले दशैंभरीका लागि देशभरका यात्रुलाई मध्यनजर गर्दै सबै क्षेत्रमा यातायातको सहज पहुँच पुर्याउने बताए। ‘कुनै स्थानमा आवतजावतको समस्या देखिएमा गाडी थप गरेर भए पनि यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउँछौं।’, उनले प्रतिबद्धता जनाए।
नाममा मात्र सिमितभए, हेल्प डेस्क
यात्रु ठगिन नदिन भन्दै महानगरीय ट्राफिक महाशाखा, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीकाे सहकार्यमा बसपार्कमै हेल्प डेस्क पनि स्थापना गरेको छ । हेल्पडेस्कमा यात्रुले आफ्नो गुनासो राख्न सक्छन् ।
तर, अहिलेसम्म त्यस्तो गुनासो लिएर कोही नआएको त्यहाँ कार्यरत एक ट्राफिक प्रहरीले जानकारी दिए ।
सडकको अवस्था दयनीय रहे पनि देशका कुनाकाप्चासम्म व्यवसायीले बसलाई एसी र डिलक्स भन्न छाडेका छैनन् । सुविधाजनक यात्राका लागि आधुनिक बस उपयुक्त पनि हो तर, यसैको नाममा व्यवसायीले यात्रुलाई ठग्ने गरेको पाइएको छ ।
यातायात व्यवस्था विभागले ७ असोजमा सार्वजनिक गरेको नयाँ भाडादर अनुसार डिलक्स र एसीको मान्यता पाएका गाडीवालाले तोकिएको भाडामा २० प्रतिशत थप गरेर लिन पाउँछन् ।
तर, बसपार्कमा तोकिएको भाडामा ३० देखि ४० प्रतिशतसम्म बढी असुलेको पाइयो । यातायात व्यवस्था विभागले अछामको साँफेबगरको भाडा १ हजार ८ सय ७३ रुपैयाँ तोकेको छ ।
डिलक्स र एसी बसले त्यसमा २० प्रतिशत जोडेर साँफेबगरको भाडा २ हजार २ सय ४७ रुपैयाँसम्म लिन सक्छन् । तर, व्यवसायीले २ हजार ७ सयसम्म असुलेको पाइयो ।
गाडीमा रहेको सुविधा अनुसार भाडा बढाइएको गाडीवाला बताउँछन् । तर, कतिपय गाडी नाम मात्रैका एसी र डिलक्स छन् ।
‘एसी बस भनेर टिकट बुक गर्ने तर, भित्र पस्दा कहिले पावर पुगेन त कहिले बिग्रेको छ भन्छन्’, गुल्मी जान लागेका हरि अधिकारीले भने ।
व्यवसायीले एसी र डिलक्स गाडीमा वाइफाइको नाममा समेत यात्रु लोभ्याउने गरेका छन् । तर, त्यस्ता गाडी गुड्न थालेपछि वाईफाई नै नचल्ने यात्रुको गुनासो छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












