एसिड पीडित बसन्तीलाई निःशुल्क उपचार
चितवन १४, असोज । एसिड र चक्कु प्रहारबाट गम्भीर घाइते भएकी नवलपरासीकी बसन्ती परियारको उपचार चितवनको भरतपुर अस्पतालले निःशुल्क गरिदिने घोषणा गरेको छ ।
कावासोती नगरपालिका वडा नम्बर ९ डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारलाई यही असोज ८ गते साँझ छिमेकी विमल शिर्पालीले एसिड र चक्कु प्रहार गरेका थिए । आक्रमणबाट गम्भीर घाइते भएकी बसन्तीको उपचार चितवनको भरतपुर अस्पतालमा भइरहेको छ ।
आइसीयुमा रहेकी बसन्तीको उपचारमा अहिलेसम्म एक लाख ३० हजार रुपैयाँ खर्च भैसकेको अस्पताल प्रशासनले जनाएको छ । सो रकम अस्पतालको सामाजिक सेवा इकाई मार्फत खर्च गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. कृष्ण पौडेलले जानकारी दिए ।
उनले अहिलेसम्म अस्पतालले बसन्तीको उपचारका लागि शुल्क नलिएको दावी पनि गरे । ‘जति रकम उपचारमा खर्च भएको छ त्यो अस्पतालले नै व्यहोरेको छ,’ मेसु डा. पौडेलले भने, ‘अस्पतालको सो शीर्षकबाट धानेसम्म उपचारमा पैसा लिदैनौं ।’ उनले यो सामाजिक उत्तरदायित्व पनि भएकाले अस्पतालले उपचारमा कुनै कमी हुन नदिएको दाबी गरे ।
यसअघि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बसन्तीको उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन अस्पताललाई आग्रह गरेकी थिइन् । शनिवार अस्पताल पुगेर घाइते बसन्तीलाई भेटेपछि मेयर दाहालले भनिन्, ‘बसन्तीको उपचारमा लागेको सबै रकम अस्पताल र महानगरपालिका मिलेर व्यहोर्छौं ।’
मेसु डा. पौडेलले धेरै नै रकम खर्च भएमा महानगरको सहयोग लिने बताए ।
बसन्तीका श्रीमान यमबहादुर परियारले अहिलेसम्म उपचारमा २५ हजार रुपैयाँ खर्च भएको बताए ।
बसन्तीले सिलाईको काम गर्दै आएकी थिइन् । बसन्तीलाई असोज ८ गते सोमबार तरकारी किनेर बजारबाट फर्कँदै गर्दा छिमेकी युवक विमलले अनुहारमा एसिड छ्यापिदिएर चक्कुले शरीरका विभिन्न भागमा आक्रमण गरेका थिए ।
हाल बसन्तीको स्वास्थ्यमा सुधार आएको छ । उनी खतरामुक्त हुँदै गएकी अस्पतालको भनाइ छ । एसिडले श्वासप्रश्वासमा असर गरेर अवस्था जटिल हुन्छ की भनेर डराएका चिकित्सकहरु अहिले बसन्तीको स्वास्थ्यमा सुधार आएकोमा खुसी छन् । उपचारको नेतृत्व गर्दै आएका अस्पतालका डाक्टर सुरेश प्रधानले बसन्ती खतरामुक्त भएको बताए ।
हाल बसन्तीको नाकमा लगाइएको पाइप हटाइएको छ भने फोक्सो नजिक राखिएको पाइप पनि निकाल्ने तयारी गरिएको छ । उनको दायाँ आँखा ठीकै छ भने, बायाँ आँखामा केही असर छ । यद्यपि उनका दुवै आँखा भने जोगिएको डा. प्रधानले बताए । डा. प्रधानका अनुसार बायाँ आँखामा ‘भिजुअल क्लिरिटी’ भने छैन ।
उनको दायाँ र बायाँ गालामा चक्कु प्रहार भएका घाउहरु पनि निको हुँदैछन् । चक्कु आक्रमणबाट उनको दायाँ गालाको हड्डी नै फुटेको छ । बायाँ छातीमा प्रहार भएको चक्कु करङ छेडेर फोक्सोको नजिक पुगेको थियो ।
युवक विमलले बसन्तीको बायाँ तर्फको पेटमा नै प्रहार गरेको छुराबाट सानो आन्द्रा बाहिर निस्किएको थियो । त्यो ठाउँमा पनि सुधार भएको छ । ‘अहिले सामान्य खाने, बोल्ने, हेर्ने गर्न सक्नु भएको छ,’ डा. प्रधानले भने, ‘अहिले नै वार्डमा सार्दा बिरामीलाई संक्रमण हुनसक्छ, केही दिनपछि वार्डमा सारिने छ ।’
एसिडले डढेको स्थानमा सर्जरीका लागि सम्बन्धित चिकित्सकसँग परामर्श लिने तयारी गरिएको छ । चितवन मेडिकल कलेजका सर्जरी सम्वन्धी चिकित्सक डा. बुद्धि अधिकारीलाई अस्पतालमा नै बोलाएर बसन्तीको छालामा के गर्ने भन्नेबारे आज सल्लाह लिइने डा. प्रधानले जानकारी दिए ।
बसन्ती माथि एसिड हान्ने विमल शिर्पालीलाई असोज ८ गते नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत नवलपुरबाट ७ दिन म्याद थप गरेर उनलाई प्रहरी हिरासतमा राखिएको छ । सोमवार फेरि म्याद थप गरिने नवलपुर प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । उनीसँग थप अनुसन्धान भैरहको उनले बताए ।
एसिड आक्रमणको मुद्दामा ५ देखि ८ वर्षसम्म जेल सजायको व्यवस्था छ । तर, ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म जेल सजायको व्यवस्था छ ।
यसैबीच, नवलपुर प्रहरीले पीडित बसन्तीसँग पनि बयान लिने तयारी गरेको एसपी थापाले जानकारी दिए । उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको जानकारी प्रहरीलाई प्राप्त भएकाले चिकित्सकको सल्लाहअनुसार बयानका लागि भरतपुर अस्पताल जाने बताए । आज-भोलिमा नै बसन्तीसँग बयार लिने तयारी प्रहरीको छ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











