जिल्ला प्रहरी कार्यालय, झापामा नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत
दशैंमा झापाको सुरक्षाः ८ सय ३७ प्रहरी परिचालन, ठाउँठाउँमा ‘सरप्राइज चेकिङ’
झापा१४ ,असोज। जिल्ला प्रहरी कार्यालय, झापाले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।
चाडपर्वको समयमा हुन सक्ने अप्रिय घटनालाई रोकथाम गर्न र सर्वसाधानलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
जिल्लाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, धनजनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका एवं जेष्ठ नागरिकको अधिकारको सम्मान गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो विश्वासनीय एवं सुदृढ बनाइएको बताए ।
‘बैंक तथा बित्तिय संस्थाहरुमा हुने कारोबार सुरक्षित गराएर देश तथा बिदेशबाट घर फर्कने र विभिन्न ठाउँसम्म जाने यात्रुलाई समेत पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन र नियन्त्रण थालिएको हो’, ढकालले भने, ‘त्यस अनुसार जुवातास नियन्त्रण, निर्वाध सवारी आवगमन, बैंक, वित्तिय संस्थामा सादा पोशाकमा हतियारसहितको प्रहरी निगरानी, २४ सै घण्टा गाडी र मोटरसाइकल गस्ती परिचालन, कुकुरबाट चेकजाँच लगायतलाई पहिलो प्राथमिकता दिएका छौं ।’
उनका अनुसार दशैंको सुरक्षाका लागि सादा पोशाकमा २१ जनाको जनशक्ति परिचालन गरिएको छ । ‘सादा पोशाकको टोली ७ स्थानमा परिचालित हुनेछन्’, उनले भने, ‘लामो र छोटो गस्तीमा ६५ जनाको टोली परिचालन हुनेछ ।’
ढकालले सप्राइज अर्थात् आकस्मिक चेकिङको लागि ९ ठाउँमा खटिन सक्ने गरी ४५ जनाको टोली परिचालन गरिएको समेत बताए ।
उनका अनुसार राजमार्ग तथा सहायक राजमार्गका क्षेत्र, शहरी क्षेत्र, मुख्यमुख्य चोकहरु र भद्रपुर, काँकडभिट्टा, बिर्तामोड र दमक बसपार्क क्षेत्रलाई विशेष निगरानीमा राखिनेछ ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











