प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भनेः सात महिनाको बच्चाबाट अपेक्षा धेरै गर्न हुदैन
हेटौंडा१५ असोज । सात महिनाको बच्चोले के गर्छ ? प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले यही प्रश्न गर्दै प्रदेश सरकारको बचाउ गरेका छन् ।
उनले निकै लामो बिरासत बोकेको केन्द्र र स्थानीय सरकारको दाजोमा प्रदेश सरकारले केही पनि गरेन भन्न नमिल्ने तर्क गरे ।
सरकारले केही गर्न नसकेको भन्ने गुनासो बढेको भन्दै उनले २५० वर्षको बिरासत बोकेको केन्द्र र ७४ वर्षको इतिहास बोकेको स्थानीय सरकारको दाजो गरेर प्रदेश सरकारको टिप्पणी गर्न नहुने बताए ।
सात महिनाको बच्चाबाट अपेक्षा धेरै गर्न नहुने भन्दै मुख्यमन्त्री पौडेलले सोचे अनुसारको काम भएको दाबी गरे । बाहिर देखिने काम नभएपनि धेरै काम भएको भन्दै उनले बाटो हिँड्ने ट्रयाक नभएको अवस्थामा अहिले बाटो खोल्न सफल भएको र अब दौडिने बताए ।
अहिलेसम्म गरेका काममा सन्तुष्ट रहेको भन्दै उनले अहिले गरेजति काम कसैले चाहेर पनि गर्न नसक्ने दाबी गरे ।
नेपाल पत्रकार महासंघ मकवानपुरको १५ औं साधारणसभामा बोल्दै मुख्यमन्त्री पौडेलले मुलुकको बिकास र परिवर्तनका लागि सञ्चार जगतको ठूलो भूमिका रहेको बताएका छन् । उनले पत्रकारलाई राष्ट्रको मिसन बुझेर अघि बढ्न सुझावसमेत दिए ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले अहिलेको बिकास मोडलले मुलुकको बिकास र गति मेल नखाने बताए ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












