शिक्षकको जागिर खाने थलो मात्रै भयो सामुदायिक विद्यालयः शिक्षा मन्त्री पोखरेल
काठमाडाैँ १५,असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले देशमा राजनैतिक परिवर्तन भएपनि व्यवहारमा लागु हुन नसकेको बताए ।
महोत्तरीको रामगोपालपूरमा रहेको जनता आधारभूत प्राविले सोमबार गरेको अभिभावकत्व ग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै भएको प्रष्ट पारे ।
उनले आमाकै गर्भबाट बच्चाको सिंक्ने प्रकृया सुरु भएको हुनाले राम्रो विद्यालय बनाउन बाल शिक्षालाई जोड दिनु पर्ने बताए ।
देश भरिका बालवालिकाले पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको प्रस्टपार्दे उनले प्राविधिक र गुणमा आधारित शिक्षा आजको आवश्यकता भएकोले वैज्ञानिक शिक्षामा जोड दिई देशभित्रको बेरोजगारी समस्यालाई हल गर्दै लैजानु पर्नेउनको भनाई छ ।
सरकारी विद्यालय बेरोजगार उत्पादन गर्ने थलोको रुपमा रहेकोले आफूले प्राविधिक शिक्षा,व्यवसायिक शिक्षा,जीवनोपयोगी शिक्षा,उत्पादनमुखी शिक्षामा विशेष जोडदिएको भन्दै पोखरेलले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा ल्याएर आगामी वर्ष साक्षर नेपाल घोषणा गर्न तयारी गरीरहेको भन्दै यसमा सबैको साथ सहयोग अनिवार्य रहेको उल्लेख गरे ।
मुलुकी एनले आधारभूत शिक्षालाई व्यवस्थित गर्न स्थानीय सरकारलाई अधिकार दिएको हुनाले शिक्षा सम्बन्धमा स्थानीय तहलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को (ज) ले २३ वटा अधिकार दिएको प्रस्ट पारे ।
स्थानीय तहले शिक्षा ऐन र नियमावली समेत बनाई त्यसलाइ कार्यान्वयनको तहमा लैजान सुझाव दिएका छन् । निजी र सरकारी विद्यालयमा हुने विभेद अन्त्य गर्दै स्तरीय शिक्षा प्रदान गर्न विद्यार्थी शिक्षक अनुपान मिलान गरिनुपर्ने, प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए
Comments
अरु समाचार
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...












