शिक्षकको जागिर खाने थलो मात्रै भयो सामुदायिक विद्यालयः शिक्षा मन्त्री पोखरेल
काठमाडाैँ १५,असोज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले देशमा राजनैतिक परिवर्तन भएपनि व्यवहारमा लागु हुन नसकेको बताए ।
महोत्तरीको रामगोपालपूरमा रहेको जनता आधारभूत प्राविले सोमबार गरेको अभिभावकत्व ग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै भएको प्रष्ट पारे ।
उनले आमाकै गर्भबाट बच्चाको सिंक्ने प्रकृया सुरु भएको हुनाले राम्रो विद्यालय बनाउन बाल शिक्षालाई जोड दिनु पर्ने बताए ।
देश भरिका बालवालिकाले पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको प्रस्टपार्दे उनले प्राविधिक र गुणमा आधारित शिक्षा आजको आवश्यकता भएकोले वैज्ञानिक शिक्षामा जोड दिई देशभित्रको बेरोजगारी समस्यालाई हल गर्दै लैजानु पर्नेउनको भनाई छ ।
सरकारी विद्यालय बेरोजगार उत्पादन गर्ने थलोको रुपमा रहेकोले आफूले प्राविधिक शिक्षा,व्यवसायिक शिक्षा,जीवनोपयोगी शिक्षा,उत्पादनमुखी शिक्षामा विशेष जोडदिएको भन्दै पोखरेलले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा ल्याएर आगामी वर्ष साक्षर नेपाल घोषणा गर्न तयारी गरीरहेको भन्दै यसमा सबैको साथ सहयोग अनिवार्य रहेको उल्लेख गरे ।
मुलुकी एनले आधारभूत शिक्षालाई व्यवस्थित गर्न स्थानीय सरकारलाई अधिकार दिएको हुनाले शिक्षा सम्बन्धमा स्थानीय तहलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को (ज) ले २३ वटा अधिकार दिएको प्रस्ट पारे ।
स्थानीय तहले शिक्षा ऐन र नियमावली समेत बनाई त्यसलाइ कार्यान्वयनको तहमा लैजान सुझाव दिएका छन् । निजी र सरकारी विद्यालयमा हुने विभेद अन्त्य गर्दै स्तरीय शिक्षा प्रदान गर्न विद्यार्थी शिक्षक अनुपान मिलान गरिनुपर्ने, प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











