प्रधानमन्त्री ओली र माधव नेपाल अाज स्वदेश फर्किंदै
काठमाडौं १८ असोज । पार्टी र सरकार सञ्चालनका सन्दर्भमा नेकपाभित्र शीर्ष नेता तहबाटै असन्तुष्टि प्रकट भइरहेका बेला अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओली आज साँझ स्वदेश फर्किएपछि छलफल हुने भएको छ । असन्तुष्ट नेता माधवकुमार नेपाल पनि आजै साँझ चीनबाट स्वदेश फर्किदैछन् ।
सबै नेताहरु फर्किसकेपछि सचिवालय बैठकमा समीक्षा हुने र त्यसपछि दशैंअघि नै स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
स्थायी कमिटी बैठकको लागि महासचिव बिष्णु पौडेलले गृहकार्य गरिरहेका छन् । दुवै अध्यक्षसँग परामर्शपछि बैठकको मिति तोकिने स्रोतको दावी छ ।
सचिवालय बैकले प्रदेश पदाधिकारी चयन गरेकोमा नेकपामा अशन्तुष्टि छ । प्रदेश कमिटी गठनको प्रस्ताव स्थायी कमिटी बैठकमा लगेरमात्र पारित हुनुपर्ने नेताहरुले बताएका छन् ।
बरिष्ठ नेता नेपालले सो निर्णय अस्वीकार गर्दै स्थायी कमिटी सदस्यहरुको अनौपचारिक भेला समेत गरेका थिए । स्रोतका अनुसार स्थायी कमिटी बैठकबाट सचिवालय बैठकको निर्णय तथा परिपत्र अनुमोदन गरिनेछ ।
प्रदेशभन्दा तल्ला कमिटीको एकीकरणका लागि थप मापदण्ड पनि स्थायी कमिटी बैठकबाटै पारित गरिने भएको छ । तर, त्यसअघि सचिविालय बैठकमा छलफल हुने स्रोतले जनाएको छ ।
बरिष्ठ नेता नेपालले संसदबाट सरकारविरुद्ध अभिव्यक्ति दिएकोमा संस्थापन पक्षले बैठकको एजेण्डा बनाउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












