जनतालाई शान्ति सुरक्षा दिन नसक्ने सरकारबाट समृद्धिको आशा गर्न सकिँदैन: प्रकाशमान
काठमाडौं २०,असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारबाट आर्थिक समृद्धिको आशा गर्न नसकिने बताएका छन् । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णरुपमा असफल भएको आरोप उनले लगाए ।
काठमाडौंको भोटेबहालमा शनिबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले भने, ‘बलात्कार, अपहरण, ब्यक्ति हत्याका अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसक्ने सरकारबाट अरु कुराको आशा गर्न सकिँदैन ।’
आफूहरुले शान्ति सुव्यवस्था कायम गर्न, महंगी नियन्त्रण गर्न र संघीयता कार्यान्वयनमा गम्भीर हुन सुझाव दिँदासमेत प्रधानमन्त्री केपी शर्मा ओलीबाट हल्का टिप्पणी आउनुले सरकार दुई तिहाइको दम्भ देखाउनमात्र उद्दत रहेको प्रष्ट हुने उनले बताए । सत्तारुढ दल निकटका मुख्यमन्त्रीहरुबाट समेत सरकारको आलोचना हुनुले संघीयता कार्यान्वयनमा सरकार चुकेको प्रष्ट हुने उनले बताए ।
सरकार विधि सम्मत अगाडि बढोस् भन्ने आफूहरुको चाहना रहेपनि बहुमतको दम्भ देखाउनमै रमाइरहेको बताउँदै नेता सिंहले भने, ‘जनमानसमा बढिरहेको निराशाबाट सरकारको चेत खुलोस् ।’
सरकारका गतिविधि विधिको शासन कायम गरेर जनभावना अनुरुप काम गर्न तर्फ केन्दि्रत नदेखिएकाले मुलुक झन् जटिल समस्यामा फस्दै जाने त्रास बढेको उनले बताए ।
Comments
अरु समाचार
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क
काठमाडौं । रामेछापको सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ । सुनापति गाउँपालिका–४...
-
काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्रीमा झर्यो
काठमाडौं। काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने...
-
बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना गर्ने
काठमाडौं । बागमती प्रदेशमा ‘योजना बैंक’ स्थापना हुने भएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको...
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–३ का स्वास्थ्य आमा समूहहरूले नीजि खर्चमा गर्भवती पोषण नाङ्लो कार्यक्रम सुरु गरेका छन् ।सो वडामा...
-
काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो
काठमाडौँ: देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा...
-
करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप सञ्चालन भएको पाइयाे
काठमाडौँ स् काठमाडौँ महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै...
-
सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन
काठमाडौं । सामाखुसी यातायात प्रालिले रु सात करोडको लागतमा १५ वटा बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँ...