दशैं तिहार बिदामा घुमफिरकाे यस्तो अफर, कसरी र कहाँ जाने ?
काठमाडाैँ २०,असोज । नेपालीहरुका ठूला चाडपर्व आइरहेका छन्। दशैं संघारमै आइसकेको छ । त्यसपछि तिहार लगत्तै छठ ।
पछिल्ला केही वर्षमा चाडपर्व मनाउने शैलीमा परिवर्तन देखिँदैछ । घरमै सबैजना बसेर रमाइलो गर्ने त छँदैछ, सपरिवार अथवा साथीभाई मिलेर घुम्न जाने चलन पनि निकै बढेको छ ।
विशेषगरी दशैंका बेला बिदा बढी हुने र अतिरिक्त आम्दानी पनि हुने भएकाले घुमघामका लागि उपयुक्त समय हो । वर्षा सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि उपयुक्त हुन्छ दशैंको समय ।
त्यसो त नेपालीका लागि घुमफिर नयाँ होइन । आन्तरिक पर्यटन संस्कृत विकासकै क्रममा भए पनि अर्को ठाउँमा जाने निकै पुरानो चलन हो।
सोलुखुम्बुका बासिन्दा जाडो महिनामा हिउँ छल्न र जडीबुटी बेच्न तराई झर्थे । त्यस्तै, तराईका मानिस पनि व्यापारका लागि पहाड चढ्थे । हाम्रो सदियौं देखिको यही आतिथी सत्कारलाई व्यवसायीकरण गर्न थालिएको छ अहिले ।
देशभर पर्यटन मैत्री वातावरण तयार भइरहेको छ । त्यसको एउटा रुप होमस्टेलाई लिन सकिन्छ। धेरै पर्यटन गन्तव्यमा होमस्टे खुलेका छन। होमस्टेकाकारण ग्रामिण क्षेत्रमापनिपर्यटन पूर्वाधार बढेका छन। स्थानीयले रोजारी पाएका छन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटन संस्कृतिको प्रवद्र्धन भएको छ।
पछिल्लो समय आन्तरिक पर्यटन निकौ मौलाएकोमात्र होइन समग्र पर्यटन उद्योगकालागि आन्तरिक पर्यटन अपरिहार्य भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी बताउछन्।
यसको संस्कृति विकास गर्न बोर्डले पछिल्लो समय प्रचारप्रसार पनि गरिरहेको उनको भनाइ छ।
‘पहिलो पर्यटक भनेका खैरो छाला भएकामात्र बुझिन्थ्यो’ उनले भने,‘तर अहिले समय फेरिकएको छ, १२ महिना नेपालीहरु पर्यटकीय गन्तव्यका होटलमा अथिति हुन्छन्।’
नेपालमा घुम्न कहाँ जाने भन्ने कुराको कुनै अभाव रहेन। गन्तव्य जति कति छन्। केहीदिनदेखि लिएर २–३ महिनासम्म घुम्न सकिने गन्तव्यहरु नेपालमै छन्।
घुमफिरको संस्कृति बढेसँगै नयाँनयाँपर्यटन गन्तव्यको पनि विकास भइरहेका छन् ।
सरकारले हालैमात्र नमूना गन्तव्यको रुपमा सातै प्रदेशका एक–एक वटा गन्तव्यको विकासगर्ने बताएको छ । यसअनुसार १ नम्बरबाट इलामको सन्दकपुर, २नम्बरबाट धनुषाकोे जनकपुरधाम, ३ बाट मकवानपुरको इन्द्रसरोवर, ४ बाट कास्कीको पञ्चासे, ५ नम्बरबाट कपिलवस्तुको निग्लिहवा, ६ नम्बर अर्थात कर्णालीप्रदेशबाट मुगुको रारा र ७नम्बरको सुदूरपश्चिमप्रदेशबाट कैलालीको भादागाउँ छानिएका छन्। कर्णालीप्रदेशले त २०७५ साललाई नै कर्णाली भ्रमण वर्षको रुपमा मनाइरहेको छ ।
घुम्ने संस्कृति बढेपनि व्यवस्थित रुपमा घुम्ने संस्कृतिको विकास भने अझै भइसकेको छैन। गन्तव्य छनोटदेखि लिएर खर्च, प्याकेजिङ आदिमा ध्यान दिने हो भने घुमघाम बढी व्यवस्थित, अविस्मरणीय र रोमाञ्चक हुन सक्छ । एक्लै, साथीभाईवा परिवारसहित कसरी घुम्न जाने हो, त्यहीअनुसार गन्तव्य छनोट गर्नुपर्छ ।
एक्लै जाँदा नजिकै र सहज गन्तव्यमा जानु उपयुत्त हुन्छ भने साथीहरुसँग बन्जी, पदयात्रा, राफ्टिङ, साइक्लिङ, जंगल सफारीजस्ता साहसिक गतिविधिको योजनाबनाउन सकिन्छ ।
परिवारसँग जाँदा यातायात र बसोबासको सुविधा पनि हेर्नुपर्ने हुन्छ । सहरी क्षेत्रका बालबालिकालाई होमस्टेको अनुभव गराउन सकिन्छ । वृद्धवृद्धाका साथमा हो भने धार्मिक क्षेत्रको यात्रा राम्रो हुन्छ ।
अर्को ध्यान दिनुपर्ने कुरा हो, खर्च ।
यातायात, बसोबास र अन्य गतिविधिमा कति खर्च हुन सक्छ लागत निकालेर घुम्न निस्कनु उपयुक्त हुन्छ । यस्तो खर्चको वास्तविक लागत निकाल्दा पहिलै घुमेर फर्किएकासँग सोधेर वा ट्राभल एजेन्सीको सहयोग लिन सकिन्छ।
खानपिनमा खर्च गर्दा स्थानीय तहमै उत्पादित खानेकुरामा खर्च गर्दा स्थानीय लाई प्रत्यक्ष लाभ पुग्छ र पर्यटकलाई पनि नयाँ स्वाद मिल्छ। स्थानीय तहमा उत्पादितउ पहार वा चिनोका सामग्री किन्न पनि सकिन्छ ।
अर्को कुरा, हामी मध्ये कतिपय अग्रिम बुकिङ नगरी र जाने ठाउँको अध्ययन नगरी घुम्न निस्कन्छौं । त्यसो गर्दा बास नपाइने समस्या हुन सक्छ । त्यसैले जाने ठाउँको बारेमा अध्ययन गर्ने र अग्रिम बुकिङ गर्ने गर्नुपर्छ । जान लागेको ठाउँ कस्तो हो, त्यहाँ वरपर गतिविधि के गर्न सकिन्छ, खानपिन र आवासको व्यवस्था के छ बुझ्नुपर्छ । आपतविपत पर्दा नजिकमा प्रहरी चौकी र स्वास्थ्यचौकी छन् कि छैनन् भन्ने जानकारी लिनु राम्रो हुन्छ ।
साथै गन्तव्यस्थलमा समयमै पुग्ने गरी यात्रा थाल्नु उपयुक्त हुन्छ । गन्तव्यको मौसमअनुसार कपडा, जुत्ता, ब्याग, टोपी, चस्मा, प्राथमिक उपचार किट, टर्च लाइटजस्ता सामग्री बोक्नु उपयुक्त हुन्छ । चकलेट, बिस्कुट, ड्राइफ्रुट, पानीको बोतल पनि बोक्नु पर्छ ।
आजकल त धेरैजसो गन्तव्यकालागि टुर कम्पनीहरुले प्याकेज बनाएका छन्। प्याकेजमा जाँदा अन्योल हुँदैन, सजिलो हुन्छ ।
पर्यटक भएर कुनै ठाउँमा पुग्नु भनेको त्यस ठाउँको प्रकृति र संस्कृतिसँग आबद्ध भएर मनोरञ्जन लिनु हो । पहिले आफूले आफ्नो देश चिन्नुपर्छ, अनिमात्रै विदेशीलाई चिनाउन सकिन्छ । त्यसैले घुमौं, फोटो–भिडियो खिचौं, सेयर गरौं र अरुलाई पनि घुम्न प्रेरित गरौं ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












