मलाई जिम्मा दिनुस्, पार्टी एकता ३ दिनमै टुंग्याइदिन्छु: नेता जनार्दन शर्मा
काभ्रे २०, असोज । नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व ऊर्जा तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफूलाई जिम्मा दिएको खण्डमा पार्टी एकताको प्रक्रियालाई ३ दिनमै टुंग्याइदिने बताएका छन् ।
डाँडापारि जागरण समुहको आयोजनामा काभ्रेको बनेपामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकताको प्रक्रियालाई नेतृत्वले महत्व नदिएकाले आफूलाई जिम्मेवारी दिएमा ३ दिनमै टुंग्याइदिने बताएका हुन् ।
‘एकताको उचाईको महत्वलाई नेतृत्वले कम बुझ्नुभयो । ७ दिनमै टुंगिनुपर्ने पार्टी एकता अनावश्यक रुपमा लम्बिरहेको छ । पार्टी एकताको सन्दर्भ र मर्मलाई नेताहरुले कम बुझ्नुभएको छ । एकता छिटो टुंग्याउनुपर्छ’ उनले भने, ‘धेरै समय लाग्दैन, मलाई जिम्मा दिनुभयो भने ३ दिनमै टुंगिन्छ । उहाँहरुसँग समय छैन भने हामीलाई मिलाएर ल्याउन भन्नुस्, हामी मिलाएर लगिदिन्छौँ ।’
सरकारको सवालमा उठेको प्रश्नहरुको जवाफ दिन संगठित शक्ति नभएको बताउँदै उनले पार्टी एकतालाई गतिमा लैजानुपर्ने बताए । सरकारले मात्रै काम गरेर समृद्धि सम्भव नहुने बताउँदै उनले समृद्धिको काम सरकारले मात्रै गरेर नहुने बताए ।
पार्टी एकतालाई अनावश्यक रुपमा नेतृत्वले लम्ब्याएको बताउँदै उनले दुई तिहाई बहुमत छ भनेर सरकारले ढिला काम गर्न खोज्दा जनताप्रति निरासा बढेको बताए । सरकार फोहोरी राज्य सत्ता सफा पार्न लागेको भएपनि केही मन्त्री त्यही फोहोरमा नै डुब्ने खतरा रहेको दाबी गरे । ‘विभिन्न व्यवस्थाविरुद्ध हामी लडेर यहाँ सम्म आउँदा फोहोरी सत्ता समालेकाहरुको विरोध गरिरहेँ’ उनले भने, ‘अब हामीले बनाएका मन्त्रीज्यूहरु नै फोहोरमा हराउने त होइन ?’
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












