न्यूयोर्कमा नौ वर्षपछिको सबैभन्दा भयानक सडक दुर्घटनाः २० को मृत्यु
एजेन्सि ।अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ ।
लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् ।
दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गाडीमा सवार सबैको मृत्यु भएको छ भने दुई पैदलयात्रुलाई समेत गाडीले किचेको छ ।
प्रत्यक्षदर्शीका अनुसार एसयूवी–स्टाइलको एक लिमोजिन डिभाइडरसँग ठोक्कियो र अर्को कारसँग पनि ठोक्कियो । त्यसपछि गाडी एउटा पसलको पार्किङमा उभिएका मानिसतर्फ अघि बढ्यो ।
यद्यपी, अहिलेसम्म दुर्घटनाको सही कारण पत्ता लाग्न सकेको छैन ।
मृतकको नाम सार्वजनिक गरिएको छैन तर न्यूयोर्क टाइम्सको खबर अनुसार दुर्घटनामा चार दिदी बहिनी र कम्तीमा दुई नवविवाहित जोडीको मृत्यु भएको छ ।
यसअघि सार्वजनिक भएको खबर अनुसार उक्त कार मानिसहरुलाई लिएर एक विवाह समारोहमा गइरहेको थियो तर पछि सार्वजनिक भएको खबर अनुसार उनीहरु कसैको जन्मदिन पार्टीमा उपस्थित हुन गइरहेका थिए ।
दुर्घटनामा लिमोजिनका ड्राइभरको पनि मृत्यु भएको छ ।
बिल वाटर्सन पनि त्यही समारोहमा जाँदै थिए । उनले दुर्घटनालाई प्रत्यक्ष देखे । एक पत्रिकासँगको कुराकानीमा उनले भने, ‘मलाई विश्वास नै छैन कि यस्तो दुर्घटना पनि हुनसक्छ । यो अत्यधिक भयानक थियो ।’
घटनास्थलमा भएका एक स्थानीय रिपोर्टरले केही तस्बिर र भिडियो ट्वीट गरेका छन् । तस्बिरमा देखिए अनुसार दुर्घटनास्थल नजिकै एउटा स्टोर र क्याफे थियो ।
ट्वीटरमा सेयर गरिएको एक अन्य तस्बिरमा एउटा ठूलो गाडी रुखमा ठोक्किएको देख्न सकिन्छ ।
प्रत्यक्षदर्शीका अनुसार जब गाडी स्टोर नजिकै पुग्यो तब धेरै मानिसहरु स्टोरबाट निस्किरहेका थिए । दुर्घटनामा ती मानिसहरुलाई पनि चोट लागेको छ ।
घटनास्थल नजिकै बस्ने ब्रिडेले भने, ‘मैले एउटा ठूलो आवाज सुनें । त्यतिबेला स्टोर र क्याफेको पार्किङमा थुप्रै मानिसहरु उभिएका थिए । त्यसपछि अचानक मानिसहरुको चिच्याहट सुनिन थाल्यो ।’
न्यूयोर्कको पुलिस अनुसार अनुसन्धान अहिल पनि सुरुवाती चरणमा नै छ । अनुसन्धानमा एक आइडेन्टिफिकेशन र ड्रोन टिम समेत विभिन्न अतिरिक्त पुलिस युटिट्स पनि लगाइएको ।
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड पनि घटनास्थलमा एउटा समूह पठाउने तयारीमा छ । बोर्डले ट्वीट गरेर यसबारे जानकारी दिए ।
बोर्डका चेयरम्यान रोबर्ट समवाल्टले एक प्रेसवार्तामा भने, ‘यो एउटा ठूलो दुर्घटना हो जसमा हामीले विभिन्न जीवन गुमाएका छौं । सन् २००९ पछिको यो अहिलेसम्मको सबैभन्दा भयानक सडक दुर्घटना हो ।’
प्रशासनका अनुसार घटनास्थलमा अर्को पाँच दिनसम्म अनुसन्धान जारी रहनसक्छ ।
पुलिसका अनुसार मृतकको परिवारका लागि एक फोन लाइन सुरु गरिएको छ ।
यो दुर्घटना एक पहाडी इलाकामा भएको बताइन्छ । स्थानीय प्रशासनका अनुसार हालै यो रुटमा ठूला ट्रकलाई प्रवेश निषेध गरिएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












