वीरगञ्ज महानगरपालिकामा छाडा पशुचौपाया नियन्त्रण अभियान
वीरगञ्ज २२, असोज । वीरगञ्ज महानगरपालिकामा छाडा पशुचौपाया नियन्त्रण अभियान सुरु भएको छ ।
जथाभावी छाडा छोडिएका पशुचौपाया महानगरपालिकाले नियन्त्रणमा लिएर आदर्शनगरमा बनाइएको अस्थायी काञ्जी हाउसमा लगेर राख्ने गरिएको छ ।
जथाभावी छोडिएका कारण ट्राफिक व्यवस्थापनमा समस्या मात्रै श्रृजना गरेको छैन । दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
विगतमा महानगरपालिकाको मुख्य चोक घण्टाघर, माईस्थान, गहवामाइ क्षेत्र र भित्री गल्लीहरुमा समेत पशुचौपाया खुल्लम खुल्ला देखिने गरेको अहिले निकै कमी आएको छ । नगरवासीले दुध दिने दिनसम्म पाल्ने त्यसपछि सडकमा छोडिदिने गरेका छन् ।
गाई, सुँगुर, बाख्रा, घोडा मात्रै नभएर मानिसहरुले हाँस कुखुरा पनि सडकै छोडने गरिन्छ । पशुचौपायाका कारण फोहोर व्यवस्थापनमा समेत समस्या हुने गरकोे छ ।
सडकमा राखिएको फोहोर उठ्नु भन्दा अघि नै पशुचौपाया गएर छरिदिने गरेका छन् । छाडा चौपाया सडक ढाकेर बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ । वीरगञ्जकी रोशनी पौडेल छाडा चौपाया नियन्त्रण जरुरी रहेको बताउँछिन् ।
‘महानगरपालिका भएपनि गाउँ जस्तै छ, गाडी हिड्ने बाटो छैन, गाईबस्तु सडकमा हिड्ने, बसिदिने गर्छन् , फोहोर गरिदिने गरेका छन्, पशु धनीले पनि जथाभावी छोडिदिन्छन्,’ उनले भनिन्, ‘यसलाई नियन्त्रण गर्न जरुरी छ ।’
वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट व्यवस्थित वीरगञ्ज अभियान सञ्चालनमा आएपछि पशु चौपायालाई नियन्त्रणमा लिएर राख्ने र पशु धनीलाई जरीवाना तिराएर छोड्ने गरिएको छ ।
छाडा चौपायाका कारण दुर्घटनाको जोखिम, नगरलाई प्रदुषित गर्ने गरेपछि नियन्त्रण अभियान सञ्चालन गरिएको व्यवस्थित वीरगञ्ज अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।
‘एउटा सडक अव्यवस्थित छ भन्ने झल्काउँछ, सहरको सुन्दरता र सम्मान घटाउँछ, पशुचौपाया कतिखेर कता जान्छन् थाहा हुँदैन, जसले गर्दा दुर्घटना पनि हुन सक्छ,’ उनले भने, ‘छाडा चौपाया मुक्त सडक बनाउन अब हामी गम्भिर भएर लागेका छौं । छाडा चौपाया नियन्त्रण गर्न पाए वीरगञ्ज जनावरको होईन मान्छेको शहरको रुपमा परिचित हुने थियो ।’
पहिला छाडा पशुचौपाया नियन्त्रणमा लिएपछि राख्ने ठाउँको अभाव रहकोमा अहिले पशु चौपाया नियन्त्रणमा राख्ने अस्थायी केन्द्र निर्माणपछि सहज भएको छ । नगर प्रहरीले नगरमा छाडा छोडिएका पशु चौपाया नियन्त्रणमा लिएर केन्द्रमा राख्ने गरेका छन् ।
अभियान सञ्चालन भएपछि ४९ वटा पशु नियन्त्रणमा लिएको र ४० हजार भन्दा बढी जरीवाना संकलन गरिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा भिष्मकुमार भुषालले जानकारी दिए ।
महानगरपालिका क्षेत्र भित्र जथाभाबी पशु चौपाया बाटोमा छोडेको तथा निर्माण सामग्री राखिएको पाइएमा जफत गरी कारबाही गर्न सक्ने व्यवस्था स्थानीय सरकार संचालन ऐन,२०७४ मा छ ।
वीरगन्ज महानगरपालिकाको आर्थिक ऐन, २०७५ तथा वीरगन्ज महानरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ बमोजिम हदैसम्म जरीवाना गर्न सकिन्छ । तर, महानगरपालिकाले अझैपनि त्यसलाई कडाईका साथ कार्यान्वयनमा ल्याउन सकेको छैन ।
Comments
अरु समाचार
-
वीरगन्जमा तनाव, मधेसभर बढाइयो सुरक्षा सतर्कता
काठमाडौं । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
मधेसका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने !
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत भोलि शुक्रबार लिने भएका छन्। मुख्यमन्त्री यादवले मधेस प्रदेशसभामा विश्वासको...
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...











