बामदेवलाई जिताउन नसकिने तत्कालिन एमालेका जिल्ला अध्यक्षको प्रष्टोक्ति
काठमाडौं २४, असोज । सत्तारुढ नेकपाको पाँचौ बरियताका नेता वामदेव गौतमले काठमाडौं-७ बाट चुनाव लड्ने तयारी गरिरहँदा पार्टीको ९ सदस्यीय हाइकमाण्डका अधिकांश नेताहरुले रहस्यमय मौनता साँधिरहेका बेला सातौं बरियताका ईश्वर पोखरेलले भने कुटनीतिक कटाक्ष गरेका छन् ।
सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीपछिको बरियतामा रहेका उपप्रधानमन्त्री तथा पार्टी हाइकमाण्डका सदस्य पोखरेलले प्रतिकात्मक रुपमा अध्यक्ष प्रचण्ड र बामदेव गौतमको आलोचना गरेका छन् । देशब्यापी रुपमा नेकपा कार्यकर्ता पंक्तिबाट बामदेवको चुनाव लड्ने चाहनाप्रति तीव्र आलोचना भइरहेका बेला पूर्व महासचिव समेत रहेका पोखरेलले मुख खोलेका हुन् ।
पोखरेलले बुधवार विहान फेसबुकमार्फत गौतम र प्रचण्डप्रति सांकेतिक कटाक्ष गर्दै प्रधानमन्त्री निवास बालुवार पुगेको स्रोतले जनाएको छ । पोखरेल बालुवाटार पुगेको केहीबेरमा बरिष्ठ नेता माधवकुमार नेपाल पनि ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेपाल प्रवेश गरेलगत्तै महासचिव विष्णु पौडेल भने बालुवाटारबाट बाहिरिएको स्रोतले जनाएको छ ।
पोखरेलले बालुवाटार पस्नुअघि फेसबुकमा बामदेवको चुनाव लड्ने प्रसंगलाई प्रत्यक्ष रुपमा उल्लेख गरेका छैनन् । उनलाई चुनाव लडाउने प्रयासप्रति सांकेतिक असन्तुष्टि प्रकट गरेका छन् । पछिल्लो प्रसंगलाई नै लिएर उनले आफ्नो धारणा प्रतिकात्मक रुपमा व्यक्त गरेको पोखरेल निकट स्रोतले जनाएको छ ।
पोखरेलले बिभिन्न भूमिका जोड्दै लेखेका छन्-…प्राप्त भएको उचाइसँगै चुनौतीहरु पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिबेला पनि हेक्का राख्नु जरुरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने जरुरी छ । हाम्रा राम्रा कुराहरुले हामी स्वयमले विकास गरेका राम्रा कुराहरुलेमात्र हामीलाई बचाउन सक्नछन् । हामी नयाँस्तरमा उठ्न सक्नेछौं ।
पोखरलले पार्टीभित्रका पूर्व माओवादी खेमाप्रति पनि तीव्र कटाक्ष गरेका छन् । उनले क्रान्तिकारी परिवर्तन गर्ने नाममा विदेशी शक्तिसँग आफूहरुले कुनै गोप्य साँठगाँठ नगरेको भन्दै प्रचण्डप्रति सांकेतिक प्रहार गरेका छन् ।
पोखरेलले भनेका छन्- हामी जनताले नरुचाएका वा जनतालाई हानी पुर्याउने रुमानी संघर्षमा रमाएनौं । हामीभित्र आत्मकेन्दि्रत जंगली महत्वाकांक्षा कहिले पनि झाँगिन पाएन, फल्न फूल्न पाएन । …हामीले क्रान्तिकारी शक्ति निर्माण गर्ने नाममा वा क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने नाममा विदेशी भूमिमा आश्रित रहन चाहेनौं ।
पोखरेलले बामदेव गौतमप्रति संकेत गर्दै आफू सधैं पार्टीभित्र फूट, बिभाजन र विकृति विसंगतिको विपक्षमा उभिएको दावी गरेका छन् ।
पोखरेलले भनेका छन्- हामी यसक्रममा पार्टीभित्र देखापर्ने विकृति विसंगतीका विरुद्धमा जुध्यौं र त्यसका बाहकहरुलाई पराजित गर्दै अघि बढ्यौं । हामी एकताबद्ध हुने कुराको पक्षम उभिइरहृयौं, फूट विभाजनका विरुद्धमा चट्टानी ढंगले खडा भयौं र पराजित गर्यौं ।
नेकपा स्रोतका अनुसार बामदेव गौतम काठमाडौं ७ मा चुनाव लड्ने कुराप्रति सचिवालयमा ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । झलनाथ खनालले सो क्षेत्रका आफू निकट कार्यकर्तालाई फेान गरेरै गौतम चुनाव लड्ने वातावरण बनाउन निर्देशन दिएका छन् । माधव नेपालले मौनता साँधेका छन् भने प्रचण्डले बामदेवलाई चुनाव लड्ने वातावरण बनाइरहेका छन् ।
वामदेवलाई चुनाव लडाउने सन्दर्भमा केपी ओली निर्णायक पात्र हुन् । ओलीले चाहेमात्र आफू चुनाव लड्ने जानकारी गौतमले आफू निकट नेता कार्यकर्तालाई बुधवार विहान पनि गराएका छन् । ओलीका विश्वासपात्र रामवीर मानन्धर राजीनामा दिन तयार हुनु भनेको ओली बामदेवलाई चुनाव लडाउन तयार रहेको संकेतका रुपमा बुझ्नुपर्ने नेताहरुको भनाइ छ ।
तर पार्टीका अधिकांश नेता कार्यकर्ताले भने बामदेव जबरजस्ति काठमाडौंमा चुनाव लडेर सांसद हुन खोज्नु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरिरहेका छन् । गौतमलाई काठमाडौंबाट चुनाव जिताउने जिम्मा लिन नसकिने तत्कालीन एमालेका काठमाडौं जिल्ला अध्यक्ष तथा काठमाडौं ३ का सांसद कृष्ण राईले बताएका छन् ।
उनले नेतृत्वले दुर्भाग्यपूर्ण कदम नचाल्ने विश्वास व्यक्त गरेका छन् । गौतम चुनाव लड्ने र रामवीरले राजीनामा दिनेबारेमा जिल्ला कमिटीलाई कुनै जानकारी नरहेको उनले बताए । राई तत्कालीन एमालेको जिल्ला अध्यक्ष हुन् भने रामवीर उपाध्यक्ष र विद्यासुन्दर शाक्य सचिव हुन् ।
उता काठमाडौं ७ बाटै निर्वाचित प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य बसन्त मानन्धरले भने बामदेव चुनाव लड्ने कुराको स्वागत गरे पनि रामवीर मानन्धरको बार्गेनिङप्रति आपत्ति जनाएका छन् । उनले बामदेव जस्तो नेता चुनाव लडेमा आफूहरु जिताउन तयार रहेको तर रामवीरको मन्त्री, राष्ट्रियसभा सदस्य केन्द्रीय सदस्यको बार्गेनिङमा पार्टी नेतृत्व झुक्न नहुने बताएका छन् ।
ईश्वर पोखरेलको असन्तुष्टिपछि पार्टीभित्र बामदेव निकटकै नेताहरुले पनि उनलाई चुनाव नलड्न सुझाव दिएका छन् । पार्टीभित्रैको शक्ति उनलाई हराउन लाग्ने र बाहृय शक्ति एकजुट हुने निश्चित भएकाले जोखिमपूर्ण कदम नउठाउन गौतमलाई सुझाव दिइएको उनी निकट एक स्थायी कमिटी सदस्यले बताए ।
स्रोतका अनुसार गौतम दशैंअघि चियापान कार्यक्रमहरुमार्फत काठमाडौं क्षेत्र नम्बर ७ का कार्यकर्ता र जनताबीच जाने तयारीमा छन् । यसबीचमा चाडपर्वको बेला सघन रुपमा सो क्षेत्रमा गएपछिमात्र चुनाव लड्ने तयारी शुरु हुने गौतम निकट नेताहरुले बताए ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











