६३ औं स्थापना दिवस यसरी मनायो नेपाल प्रहरीले (हेर्नुहोस १० फोटोफिचर)
काठमाडौं २५,असोज । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । बिहीबार विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी जनताको घर दैलोमा पुगे मात्र सरकारको काम प्रभावकारी देखिने बताए ।
‘प्रहरी जति धेरै जनताको दैलोमा पुग्न सक्छ, सरकारको काम त्यति नै प्रभावकारी देखिन्छ ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले आतंकवाद, अन्तरदेशीय अपराध जस्ता नयाँ सुरक्षा चुनौति दिन प्रतिदिन बढेको बताउँदै प्रहरीलाई समयसापेक्ष प्रविधिले सुसज्जित गर्न सरकारको ध्यान गएको जिकिर पनि गरे ।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा एकदुई जना खराव हुँदैमा सिंगो संगठन खराव नहुने बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित भए पनि सम्बोधन गरेनन ।
पूर्व गृहमन्त्रीहरु र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु सहभागि भएको कार्यक्रममा जिम्मेवारी निर्वाहका क्रममा साहदत प्राप्त गर्ने कर्मठ सेवकहरुप्रति श्रद्धा व्यक्त गरिएको थियो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












