६३ औं स्थापना दिवस यसरी मनायो नेपाल प्रहरीले (हेर्नुहोस १० फोटोफिचर)
काठमाडौं २५,असोज । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस मनाएको छ । बिहीबार विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भए ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी जनताको घर दैलोमा पुगे मात्र सरकारको काम प्रभावकारी देखिने बताए ।
‘प्रहरी जति धेरै जनताको दैलोमा पुग्न सक्छ, सरकारको काम त्यति नै प्रभावकारी देखिन्छ ’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
उनले आतंकवाद, अन्तरदेशीय अपराध जस्ता नयाँ सुरक्षा चुनौति दिन प्रतिदिन बढेको बताउँदै प्रहरीलाई समयसापेक्ष प्रविधिले सुसज्जित गर्न सरकारको ध्यान गएको जिकिर पनि गरे ।
त्यस्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा एकदुई जना खराव हुँदैमा सिंगो संगठन खराव नहुने बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित भए पनि सम्बोधन गरेनन ।
पूर्व गृहमन्त्रीहरु र सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु सहभागि भएको कार्यक्रममा जिम्मेवारी निर्वाहका क्रममा साहदत प्राप्त गर्ने कर्मठ सेवकहरुप्रति श्रद्धा व्यक्त गरिएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












