सेनाको ‘बङ्कर टु ब्यारेक’ कार्यक्रम प्रभावकारी हुँदै
काठमान्डाैं । मुलुकको राष्ट्रिय सेनालाई न्यूनतम मानवीय सेवा उपलब्ध गराउन र बसोवासलाई व्यवस्थित तुल्याउन अघि सारिएको बङ्करबाट ब्यारेक कार्यक्रम प्रभावकारी रुपमा अघि बढेको छ ।
दीर्घकालीन तथा रणनीतिक उक्त कार्यक्रम अन्तर्गत नेपाली सेनाका ब्यारेकभित्र हालसम्म विभिन्न खाले तीन हजार ५४ वटा भौतिक संरचना निर्माण भएको प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।माओवादी द्वन्द्व शुरु हुनुअघि ४८÷५० हजारको सङ्ख्यामा रहेको नेपाली सेनाको सङ्गठन १२ वर्षे द्वन्द्वको अवधिमा दोब्बर तुल्याइएको थियो । अहिले नेपाली सेनाको जनशक्ति ९६ हजारको हाराहारीमा छ ।
पहिले सानो आकारको सङ्गठन भएकै अवस्थामा पनि भौतिक पूर्वाधारको अभाव खेपिरहेको राष्ट्रिय सेनाले तत्कालीन परिस्थितिजन्य कारणले जनशक्ति ह्वात्तै बढाएसँगै सकल दर्जा न्यूनतम मानवीय सेवाबाट समेत वञ्चित हुन पुगेका थिए ।तत्कालीन द्वन्द्वरत माओवादीका लडाकूले सुविधा सम्पन्न र व्यवस्थित स्थल खोजिरहेका बेला राष्ट्रिय सेना बासका लागि भाग्दै आएको दुर्गतिपूर्ण अवस्था अन्त्यका लागि राज्य व्यवस्था समितिको निर्देशनमा सरकारले ‘बङ्कर टु ब्यारेक’को अवधारणा स्वीकृत गरेको थियो ।
उक्त समितिले रोल्पा, रुकुम, अछाम, सिन्धुलीलगायत जिल्लास्थित सैनिक ब्यारेक निरीक्षणका क्रममा कतिपय स्थानमा सेनाका जबानले रात काट्न समेत पहरा फोरेर बङ्करमा बस्न परेको फेला पारेको थियो । आवासका लागि बनाइएका कतिपय बङ्कर वर्षामा पानी जमेर पोखरीमा परिणत भएकाले समितिले २४ घण्टै सेवारत राष्ट्रिय सेनालाई समयानुकूल उपयुक्त बासस्थानको व्यवस्था गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको तत्कालीन समितिका सचिव मुकुन्द शर्मा बताएका छन् ।
त्यसबेला ठूलो सङ्ख्याका सैनिक जवानले बङ्करलाई आश्रयस्थाल बनाउनुपर्ने बाध्यात्मक अवस्था थियो । सरकारले लामो छलफल र बहसपछि २०६८÷६९ बाट सेनाका ब्यारेकसहित पाँच हजार ८५० अन्य भौतिक संरचना निर्माण गरी ‘बङ्कर टु ब्यारेक’ सम्बन्धी १० वर्षे रणनीतिक अवधारणा अघि बढाएको थियो ।
उक्त कार्यक्रम अन्तर्गत यसवर्ष १६९ संरचना निर्माणका लागि बजेट विनियोजन भएको प्रवक्ता भण्डारीले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत बङ्कर अत्याधुनिक ब्यारेकमा स्तरोन्नति भएका स्थानका सैनिक जवानले एक निन्द्रा नयाँ खाटमा ढुक्कसँग निदाउन पाएका छन् भने बनेको नयाँ संरचनाबाट सजिलैसँग दैनिक काम गर्ने वातावरण बनेको छ ।एउटा सैनिकका ब्यारेकभित्र आवास, भन्साघर, शौचालय, स्नान घर, सञ्चारस्थल, फायरिङ रेञ्च, तालीम कक्ष, अभ्यास इलाका, खेल मैदान, अतिथि भवनजस्ता संरचना हुनु आवश्यक मानिन्छ ।
सेनाले विनियोजित रकमको आधारमा त्यस्ता स्थानको प्राथमिकता तय गरी बासस्थान, भन्साघर, शौचालय, स्नान घरलगयत संरचना निर्माण गर्दै आएको छ । बाँकी रहेका दुई हजार ७६५ संरचना आर्थिक वर्र्ष २०७८÷७९ मा पूरा गरिनेछ ।सैनिक मुख्यालयमा रहेको भौतिक पूर्वाधार निर्माण समितिको विभिन्न पल्टनले उपलब्ध गराएको विवरण र तथ्याङ्कका आधारमा लक्ष्य तोकेर निर्माण अघि बढाउन स्वीकृति दिँदै आएको छ ।
राष्ट्र एवं जनताको हित र सुरक्षाको मुख्य जिम्मेवारीमा रहेको नेपाली सेनालाई मुलुकको तागतका रुपमा हेरिने गरिन्छ । सैनिक जवानको मनोवल उच्च राख्ने सन्दर्भमा सेनाको नेतृत्वले जिम्मेवारीका साथ बङ्करबाट ब्यारेक कार्यक्रम कार्यन्वयनमा जोड दिँदै आएको छ । एक सेवा निवृत्त उपरथीभन्छन् ,“घरमूलीलाई जस्तो पीर र चिन्ता अरु कसलाई हुन्छ र ?”
नेपाली सेनाले व्यावसायिक, अनुशासित र आदेशपालन गर्ने कर्तव्यनिष्ठ सैनिकका रुपमा विश्वमै ख्याति कमाएको छ । विश्वशान्ति स्थापना कार्यमा नेपाली सेनाले ‘शान्ति पीस च्याम्पियनसीप’को छवि बनाइसकेको छ । प्रत्येक सकल दर्जालाई एउटा हतियार र विश्रामका लागि एउटा खाट दिन सकियोस् भन्ने मान्यताका साथ अघि बढाइएको उक्त कार्यक्रमले आगामी तीन वर्षभित्रै मूर्तरुप लिने भएकोे छ ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











