राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
काठमाडौं । काठमाडौंमा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासन र प्रहरीले समय निर्धारण गरेका हुन् ।
‘तिहारमा देउसीभैलो खेल्न राति १० बजेसम्मको समय निर्धारण गरेका छौं, चाडपर्वको मर्यादा कायम राखेर देउसी भैलो खेल्न अनुरोध गरेका छौं, त्यसलाई आपराधिक बनाउने, हुलदंगा गर्ने, विस्फोटक पदार्थ पड्काउने जस्ता गतिविधि स्वीकार्य हुन्न’ उनले भने ।
रुपन्देहीमा ९ बजेसम्म
तिहारका अवसरमा रुपन्देहीमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार एक विज्ञप्तिमार्फत देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रम ९ बजेसम्म मात्र खेल्न र त्यसपछि नखेल्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासनले जुवातास नखेल्न र पटाका नपड्काउन पनि निर्देशन दिंदै उल्लंघन गरेमा कारवाही गर्ने स्पष्ट पारेको छ । तिहारमा रकम संकलनका लागि विभिन्न क्लब, युवा समूह, आमा समूह, संघसंस्थाले रातभर देउसी भैलो खेल्ने परिपाटी रहँदै आएको छ ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












