राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने
काठमाडौं । काठमाडौंमा तिहारका बेलामा राति १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरले १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने गरी समय तोकेका हुन् । त्यसभन्दा बढी समय देउसी भैलो खेलेमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।देउसीभैलो खेल्ने बाहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासन र प्रहरीले समय निर्धारण गरेका हुन् ।
‘तिहारमा देउसीभैलो खेल्न राति १० बजेसम्मको समय निर्धारण गरेका छौं, चाडपर्वको मर्यादा कायम राखेर देउसी भैलो खेल्न अनुरोध गरेका छौं, त्यसलाई आपराधिक बनाउने, हुलदंगा गर्ने, विस्फोटक पदार्थ पड्काउने जस्ता गतिविधि स्वीकार्य हुन्न’ उनले भने ।
रुपन्देहीमा ९ बजेसम्म
तिहारका अवसरमा रुपन्देहीमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार एक विज्ञप्तिमार्फत देउसी भैलो जस्ता सांस्कृतिक कार्यक्रम ९ बजेसम्म मात्र खेल्न र त्यसपछि नखेल्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासनले जुवातास नखेल्न र पटाका नपड्काउन पनि निर्देशन दिंदै उल्लंघन गरेमा कारवाही गर्ने स्पष्ट पारेको छ । तिहारमा रकम संकलनका लागि विभिन्न क्लब, युवा समूह, आमा समूह, संघसंस्थाले रातभर देउसी भैलो खेल्ने परिपाटी रहँदै आएको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












