यमपञ्चकको दोस्रो दिन कुकुर तिहार आज
काठमान्डाैं । यमपञ्चकको दोस्रो दिन मङ्गलबार आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदैछ । यमराजको द्वारपालको रूपमा श्याम र सवल नामक कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन् भनिन्छ ।
वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पुराणमा पाइन्छ । अचेल विभिन्न जातिप्रजातिका कुकुर पाल्ने सोख बढ्दै गएको छ र व्यवसाय पनि निकै फस्टाएको छ ।
समाजमा प्रतिष्ठा कायम राख्न पनि राम्रा, आकर्षक र महँगा कुकुर पाल्ने र प्रभातकालीन समयमा कुकुर डो¥याउँदै यत्रतत्र यात्रा गर्ने सहरबजारमा सोखको रुपमा पाइन थालेको छ ।
कुकुरको सुँघ्न सक्ने क्षमता अन्य जनावरभन्दा धेरै हुने र सँधै चनाखो रूपमा रहन्छ भन्ने मान्यतामा कुकुरलाई सधैँ श्रद्धाभावले हेर्ने गरिन्छ ।
शत्रु र मालिकको सहजै पहिचान गर्ने क्षमता कुकुरमा हुन्छ भनिन्छ । घरपालुवाका रुपमा बाहेक बाटोघाटोमा छाडा परेका कुकुरले रेबिज जस्ता रोग नल्याउन् भनेर रेबिजविरुद्धको सुइँ दिने र बन्ध्याकरण गरिदिने समेत हिजोआज व्यवस्था छ ।
लुतो जस्तो घातक सरुवा चर्मरोगले सताएका कुकुरलाई उपचार गर्ने सङ्घ संस्था पनि अचेल निकै पाइन्छन् । ज्योतिषी एवं ज्योतिर्विज्ञान मञ्चका अध्यक्ष डा. सुनिल सिटौलाका अनुसार कुकुर एकोहोरो रूपमा रोएमा निकै अशुभ मानिन्छ, कुकुरले मालिकको जुत्ता मुखमा च्यापेमा वा नङ्ग्राले भित्ता भूइँ खोस्रेमा पनि अशुभ र लुटपुटिन आए शुभ हुन्छ भन्ने फलित ज्योतिष शास्त्रीय मान्यता रहेको छ ।
हिन्दु धर्ममा कुकुरलाई भैरवका रुपमा पुज्ने चलन छ । डा. सिटौलाका अनुसार घरभित्र कुकुर पाल्दा पितृ र देवताले त्यो घरमा भएको धार्मिक कार्यको हभिष्यक ग्रहण गर्दैनन् भनी महाभारतपर्वमा वर्णन गरिएकोले घरभित्र कुकुर पाल्नु राम्रो हुँदैन ।
कुकुरलाई जघन्य अपराधका अपराधी पक्राउ गर्न र यससम्बन्धी कला प्रदर्शन गर्ने गरी सुरक्षा निकायले उपयोग गर्दै आएका छन् । यी निकायले कुकुरको क्षमताअनुसार पदीय दर्जा समेत प्रदान गरी कुकुर पूजालाई श्रद्धासुमनका साथ मनाउने गरेका पनि छन् ।
यसैदिन नदी खोला त्रिवेणी दोभान वा जलाशययुक्त स्थानमा स्नान गरेर माटो जरा सहितको अपमार्गको विरुवा टाउकोमा तीन पटक घुमाएर खोलामा बगाई नर्क बगाउने प्रचलन पनि छ ।
पशुपतिस्थित चुनचुन बाबाको आश्रममा पालिएका कुकुरलाई यो दिन उत्सवका साथ पूजन गरिँदैछ र आर्यघाटमा नर्क बगाउने व्यवस्था गरिएको छ ।
रासस
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












