चिनियाँ सरकारद्वारा नेपाली प्राध्यापक पुरस्कृत
काठमाडौँ । चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित विभिन्न नौ देशका १० जना विशिष्ट युवा वैज्ञानिकसहितका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।
करीब दुई महीना अघि घोषणा गरिएको सो पुरस्कार साङ्सी प्रान्तको सियान शहरमा मङ्गलबार आयोजित एक समारोहमा उक्त प्रान्तका गभर्नर लु जियानले हस्तान्तरण गर्नुभएको डा झाले जानकारी दिनुभयो । उक्त पुरस्कार प्राप्त गर्नेमा नेपालका झासहित जर्मनी, मलेसिया, क्यानाडा, ब्राजिल, अमेरिका, जापान, यमन र क्रोएसियाका १० जना युवा वैज्ञानिक र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्व रहेका छन् । जापानबाट दुई जना विशेषज्ञ परेका छन् ।
चीनको ऐतिहासिक शहर सियानमा रहेर चीनको आर्थिक, सामाजिक र अन्तर्राष्ट्रिय सम्बन्ध विकासमा विशेष योगदान पु¥याउने विभिन्न क्षेत्रका प्रतिभाशाली विदेशी व्यक्तित्वलाई सियान सरकारले प्रतिष्पर्धाका आधारमा हरेक दुई वर्षमा यो पुरस्कार प्रदान गर्ने गर्दछ । उक्त पुरस्कार ५० हजार आरएमबी (चिनियाँ रकम) राशिसहितको छ । सन् २००९ देखि प्रत्येक दुई वर्षमा सियान सरकारले प्रदान गर्दै आएको सो पुरस्कार प्राप्त गर्ने डा झा पहिलो नेपाली हुनुहुन्छ ।
सियानमा रहेका विदेशी प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका करीब १० हजार व्यक्तित्वमध्येबाट सन् २०१८ का लागि १० जना छनोट गरिएको प्राध्यापक झाले जानकारी दिनुभयो । पित्तथैलीको क्यान्सरको फैलावटको दरलाई कमगर्ने विषयमा चिनियाँ विश्वविद्यालबाट विद्यावारिधि पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा झाको नाममा सियान प्रान्तीय सरकारले चार वर्षअघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा स्थापना गरेको छ ।
सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदान प्रदान पनि हुने गरेको छ । प्राध्यापक झा करीब २२ वर्षदेखि चीन बस्दै आउनुभएको छ । चीनका विभिन्न विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’ समेत रहेका प्रा डा झालाई साङ्सी प्रान्तले चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै केही महीना अघि नागरिक दूत नियुक्त गरेको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












