अंग्रेजीमा प्रश्न सोधेर मात्र गुणस्तर बढ्दैन : शिक्षाध्यक्ष त्रिपाठी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ । नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको छ । त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन् ।आर्थिक वर्ष ०७५/०७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन् । त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका प्रश्न र जिज्ञासा अधिकांश परीक्षासँग सम्बन्धित छन् । ‘हेलो सरकार’का गुनासो परीक्षा नियन्त्रण कार्यालयमा पढाएर सम्बोधन भए पनि भने विद्यार्थीको गुनासा भने सम्बोधन भएका छैनन् ।
‘त्रिविअन्तर्गतका स्नातक र स्नातकोत्तर तहमा नेपाली माध्यममा उत्तर लेख्न पाइने भन्ने निर्णय स्वागतयोग्य छ । तथापि, उत्तर नै लेख्न पाउने भएपछि प्रश्नपत्र पनि अंग्रेजी र नेपाली दुवै माध्यममा हुनुपर्ने होइन र ?,’ डिल्ली कट्टेलले ट्विटरमार्फत ३१ साउनमा गुनासो लेखेका छन्, ‘मेरो प्राध्यापनको अनुभवबाट पनि यो टड्कारो समस्या हो, किनकि प्रश्न नबुझेकै कारण उत्तर लेख्न नसकेको प्रस्ट अनुभव परीक्षा हलमा निरीक्षक बस्दा पनि हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।’
त्रिविका नोदनाथ त्रितालका अनुसार तीन महिनामा परीक्षा र भाषा माध्यममा धेरै गुनासो आएको बताए । अधिकांशले ‘त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षामा नेपाली र अंग्रेजी माध्यमबाट लेख पनि पाउने, तर प्रश्नचाहिँ किन अंग्रेजीमा मात्र ?’ भन्ने प्रश्न गरेका छन् । रोहित नाम गरेकाले ट्विटरमै ८ साउनमा गुनासो लेखेका छन्, ‘त्रिविमा स्नातक तहमा प्रश्नपत्र अंग्रेजीमा मात्र सोध्नुपर्ने कारण भए जानकारी पाऊँ । होइन भने नेपालीमा समेत प्रश्न सोध्ने व्यवस्था गरियोस् ।’
अंग्रेजीमा प्रश्न सोधेर मात्र गुणस्तर बढ्दैन : शिक्षाध्यक्ष त्रिपाठी
त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्नुपर्ने धेरै गुनासा आएको बताइन् । अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्ने व्यवस्थाका लागि आफूले पहल गरेको उनको भनाइ छ । ‘अंग्रेजीमा सोधेर मात्र गुणस्तर बढ्ने होइन, दुवै माध्यममा प्रश्न सोध्नुपर्छ, सामुदायिकमा पढेर आएकाहरूले प्रश्न नबुझेर उत्तर लेख्न नसकेको पाइएको छ,’ उनले भनिन् ।
नेपालमा नेपाली माध्यममा प्रश्न सोध्न र उत्तर लेख्न नपाउने व्यवस्थाले हित नगर्ने उनले बताइन् । ‘मैले काठमाडौंका नौवटा परीक्षा केन्द्र हेरेपछि पनिकालाई अंग्रेजीसँगै नेपालीमा पनि प्रश्न सोध्न सिफारिस गरेँ, तर अहिलेसम्म कार्यान्वयनमा आएको छैन,’ त्रिपाठीले भनिन् । उनले विभिन्न अध्ययन संस्थान र संकायहरूका डिनहरूलाई पनि नेपाली माध्यममा समेत प्रश्न सोध्ने व्यवस्था गर्न आग्रह गरेको बताइन् ।
परीक्षासम्बन्धी यस्ता गुनासा
‘हेलो सरकार’मा परीक्षासम्बन्धी धेरै गुनासा परेका छन् । कतिपयले त्रिवि पनिकाले गरेको गल्तीका कारण विद्यार्थीहरूले जरिवाना तिर्नुपरेकोसमेत गुनासो गरेका छन् । कतिपयले परीक्षा दिएको विषयमा अनुपस्थित आएको उल्लेख गरेका छन् । त्यसैगरी, समयमै ट्रान्सक्रिप्ट नपाएको र समयमै नतिजा नआएका गुनासासमेत परेका छन् ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












