अंग्रेजीमा प्रश्न सोधेर मात्र गुणस्तर बढ्दैन : शिक्षाध्यक्ष त्रिपाठी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ । नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको छ । त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली माध्यममा उत्तर लेख्न समेत नपाउने व्यवस्था गरेका छन् ।आर्थिक वर्ष ०७५/०७६ को पहिलो तीन महिनामा त्रिविमा आएका अधिकांश गुनासा परीक्षासँग सम्बन्धित छन् । त्रिवि केन्द्रीय कार्यालयका अनुसार प्राप्त भएका प्रश्न र जिज्ञासा अधिकांश परीक्षासँग सम्बन्धित छन् । ‘हेलो सरकार’का गुनासो परीक्षा नियन्त्रण कार्यालयमा पढाएर सम्बोधन भए पनि भने विद्यार्थीको गुनासा भने सम्बोधन भएका छैनन् ।
‘त्रिविअन्तर्गतका स्नातक र स्नातकोत्तर तहमा नेपाली माध्यममा उत्तर लेख्न पाइने भन्ने निर्णय स्वागतयोग्य छ । तथापि, उत्तर नै लेख्न पाउने भएपछि प्रश्नपत्र पनि अंग्रेजी र नेपाली दुवै माध्यममा हुनुपर्ने होइन र ?,’ डिल्ली कट्टेलले ट्विटरमार्फत ३१ साउनमा गुनासो लेखेका छन्, ‘मेरो प्राध्यापनको अनुभवबाट पनि यो टड्कारो समस्या हो, किनकि प्रश्न नबुझेकै कारण उत्तर लेख्न नसकेको प्रस्ट अनुभव परीक्षा हलमा निरीक्षक बस्दा पनि हुन्छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।’
त्रिविका नोदनाथ त्रितालका अनुसार तीन महिनामा परीक्षा र भाषा माध्यममा धेरै गुनासो आएको बताए । अधिकांशले ‘त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षामा नेपाली र अंग्रेजी माध्यमबाट लेख पनि पाउने, तर प्रश्नचाहिँ किन अंग्रेजीमा मात्र ?’ भन्ने प्रश्न गरेका छन् । रोहित नाम गरेकाले ट्विटरमै ८ साउनमा गुनासो लेखेका छन्, ‘त्रिविमा स्नातक तहमा प्रश्नपत्र अंग्रेजीमा मात्र सोध्नुपर्ने कारण भए जानकारी पाऊँ । होइन भने नेपालीमा समेत प्रश्न सोध्ने व्यवस्था गरियोस् ।’
अंग्रेजीमा प्रश्न सोधेर मात्र गुणस्तर बढ्दैन : शिक्षाध्यक्ष त्रिपाठी
त्रिवि शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठीले अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्नुपर्ने धेरै गुनासा आएको बताइन् । अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्ने व्यवस्थाका लागि आफूले पहल गरेको उनको भनाइ छ । ‘अंग्रेजीमा सोधेर मात्र गुणस्तर बढ्ने होइन, दुवै माध्यममा प्रश्न सोध्नुपर्छ, सामुदायिकमा पढेर आएकाहरूले प्रश्न नबुझेर उत्तर लेख्न नसकेको पाइएको छ,’ उनले भनिन् ।
नेपालमा नेपाली माध्यममा प्रश्न सोध्न र उत्तर लेख्न नपाउने व्यवस्थाले हित नगर्ने उनले बताइन् । ‘मैले काठमाडौंका नौवटा परीक्षा केन्द्र हेरेपछि पनिकालाई अंग्रेजीसँगै नेपालीमा पनि प्रश्न सोध्न सिफारिस गरेँ, तर अहिलेसम्म कार्यान्वयनमा आएको छैन,’ त्रिपाठीले भनिन् । उनले विभिन्न अध्ययन संस्थान र संकायहरूका डिनहरूलाई पनि नेपाली माध्यममा समेत प्रश्न सोध्ने व्यवस्था गर्न आग्रह गरेको बताइन् ।
परीक्षासम्बन्धी यस्ता गुनासा
‘हेलो सरकार’मा परीक्षासम्बन्धी धेरै गुनासा परेका छन् । कतिपयले त्रिवि पनिकाले गरेको गल्तीका कारण विद्यार्थीहरूले जरिवाना तिर्नुपरेकोसमेत गुनासो गरेका छन् । कतिपयले परीक्षा दिएको विषयमा अनुपस्थित आएको उल्लेख गरेका छन् । त्यसैगरी, समयमै ट्रान्सक्रिप्ट नपाएको र समयमै नतिजा नआएका गुनासासमेत परेका छन् ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












