लेख्ने शैली नजान्दा ३०–४० पल्ट असफल भएँ : पुनम भट्ट
काठमाडौँ । बैतडीको दुर्गम गाउँमा दैनिक करिब दुई घन्टाको बाटो हिँडेर विद्यालय पढेँ । स्कुलमा औसत विद्यार्थी थिएँ । उच्च शिक्षा महेन्द्रनगरमा लिएँ । आइए पढ्दै थिएँ, ०५८ मा बिहे भयो । सानैदेखि बैंकमा काम गर्ने मेरो रहर हो । त्यही रहर पूरा गर्न ६–७ पटक विभिन्न बैंकमा परीक्षा दिएँ । तर, सफल हुन सकिनँ । बैंकसँगै निजामती सेवामा प्रवेश गर्न लोकसेवा परीक्षा पनि दिइरहेँ ।
लोकसेवातर्फ करिब एक–डेढ दर्जन परीक्षा दिएँ । हरेकपल्ट परीक्षा दिएर फर्किएपछि नाम निस्कन्छ भनेर उत्साही भएर बस्थेँ । तर, नतिजा आउँदा हातमा लाग्यो शून्य हुन्थ्यो । परीक्षाको तयारी गर्दा निकै मिहिनेत गरेको हुन्थेँ । पाठ्क्रमअनुसार पढ्नुपर्ने केही बाँकी नराखी पढ्थेँ । र, पनि पास हुन सकिरहेको थिइनँ । ती असफलताले मलाई केही हतास पनि बनायो । र, पनि हिक्मत हारिनँ ।
असफलताको मुख्य कारणचाहिँ लोकसेवामा कसरी लेख्ने भन्ने ज्ञान नहुनु थियो । किनकि मेरो परिवारबाट मभन्दा अघि कोही पनि निजामती सेवामा थिएनन् । त्यसो हुँदा लोकसेवा तयारी कसरी गर्ने, के पढ्ने, के नपढ्ने भन्ने नै थाहा थिएन । पढेर पनि परीक्षामा कसरी लेख्ने भन्ने ज्ञान थिएन ।
०६१ को एउटा परीक्षामा त कतिसम्म भयो भने सुब्बाका लागि भएको परीक्षामा एउटा प्रश्न नेपालको संविधानको मौलिक हकमा सन्दर्भमा लेख्न भनिएको थियो ।
मलाई ०४७ को संविधान करिब कण्ठै थियो । मलाई प्रश्न निकै सजिलो लाग्यो । त्यो प्रश्नको उत्तर लेख्दालेख्दै एक घन्टा सकिएछ । सजिलो प्रश्नपत्र आएकोमा निकै खुसी थिएँ, सबै प्रश्न हल गर्न सकिनँ । लोकसेवाका लागि त सबै प्रश्नपत्र उत्तिकै महत्वपूर्ण थियो । त्यसअघि मलाई परीक्षा हलमा समय व्यवस्थापन र लेख्ने शैलीबारे ज्ञान नै थिएन । त्यसपछि पनि मैले मुखिया, खरदार र सुब्बाका लागि मात्र करिब एक दर्जनपटक परीक्षा दिएँ । र पनि सफल हुन सकिरहेको थिइनँ ।
काठमाडौं आएपछि…
धेरै मिहिनेत गर्दा पनि पास हुन सकिनँ । र पनि जसरी भए पनि निजामती सेवामा प्रवेश गर्ने सपना मार्न सकिनँ, हिक्मत हारिनँ । मुख्य समस्या परीक्षामा कसरी लेख्ने भन्ने थाहा नहुनु थियो । ०६३ सालमा काठमाडौं आएर नेपाल टेलिकमको पाँचौँ तहका लागि तयारी कक्षा लिएँ । त्यसमा भने म पहिलोपटक नाम निकाल्न सफल भएँ । त्यही वर्ष मैलै राष्ट्र बैंकको चौथो तहमा र निजामती सेवातर्फ खरदारमा पनि लिखितमा पास गरेँ । दुर्भाग्य अन्तर्वार्ताको रिजल्ट आउँदा सबैमा वैकल्पिकमा नाम निस्कियो । त्यसपछि मैले थप व्यवस्थित तरिकाले पढ्नुपर्छ भन्ने निष्कर्ष निकालेँ । पास त भएँ, तर लेख्ने तरिका नमिल्दा अंक पुगेन भन्ने लाग्यो ।
लेखन शैली सुधार्न कक्षा नै लिएँ
०६६ मा शान्ति समितिको सचिव भएर करारमा जागिर खान कञ्चनपुर गएँ । त्यही जागिरले मेरो जीवनमा नयाँ मोड ल्याइदियो । हरेक महिना प्रमुख जिल्ला अधिकारीको कार्यालयमा सिडिओको अध्यक्षतामा शान्ति समितिको बैठक बस्थ्यो । त्यहाँ सबै निजामती सेवाका स्थायी कर्मचारी हुन्थे । मलाई पनि त्यस्तै स्थायी कर्मचारी हुने इच्छा थियो । तर, म करारको कर्मचारी थिएँ । मभित्र जसरी पनि निजामती सेवा प्रवेश गर्ने हुटहुटी भइरह्यो । करारको जागिर छोडेँ । काठमाडौं आएर कसरी लेख्ने भन्ने कक्षा लिएँ । घरमा नमुना प्रश्नपत्र हल गर्थेँ । र पढाउने सरहरूलाई जाँच्न लगाउँथे । पढ्ने, नमुना प्रश्नपत्र हल गर्ने र त्यस्तो हल गरिएको कपी लोकसेवा पास भइसकेका लोकसेवा पढाउने सरहरूलाई चेक गराउँथेँ ।
त्यसरी तयारी गरेपछि ०६७ माघ २ मा लेखापाल र राजस्व समूहको सुब्बा दुवैमा एकैपटक नाम निकालेँ । राजस्वतर्फको सुब्बामा एक नम्बरमा नाम निकालेको थिएँ । मैले राजस्व समूह रोजेँ । सुब्बा भएर काम गर्न थालेको ७ महिनामै अफिसरमा नाम निकालेँ । अफिसरमा पहिलो प्रयासमै नाम निकालेको हुँ । पुराना अनुभवले मलाई अधिकृतमा नाम निकाल्न सजिलो बनायो । मैले विगतमा धेरै पढेको हुँ, तर धेरै पढेर, धेरै लेखेर होइन । मिलाएर ठिक्क लेख्नुपर्छ, राम्रो लेख्नुपर्छ भन्ने बुझेपछि म पहिलो प्रयासमै अधिकृतमा पास भएँ ।
मसँग दुई बहिनीहरू थिए । उनीहरू लोकसेवा भन्नेबित्तिकै तर्सिन्थे । मेरो ठूलो प्रयासबाट पनि उनीहरू आत्तिएका थिए । जब मैले पढ्ने र लेख्ने शैली बुझिसकेको थिएँ । मैले उनीहरूलाई लोकसेवा पढ्न लगाएँ । पढ्ने र लेख्ने तरिका सिकाएँ । ५ नम्बरको प्रश्नलाई कसरी लेख्ने, १० नम्बरको प्रश्नलाई कसरी लेख्ने र कति लेख्ने भन्ने सिकाएँ । उनीहरू दुवैजना पहिलो चरणमै लोकसेवाबाट नायब सुब्बा पास भए । लेख्ने शैलीमा सुधारपछि म पनि फटाफट पास भइरहेको छु । सायद अब त्यस्तो दर्जनौँ प्रयास आवश्यक पर्दैन पनि ।नयाँ पत्रिकाबाट
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












