फेरि इरा र अर्नभ च्याम्पियन
काठमाडौं, १ असोज । नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ -याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को उपाधि शुक्रबार जितेका छन् ।
गत शुक्रबार सम्पन्न सोही प्रतियोगिताको सर्किट १ मा पनि इरा र अर्नभ आ–आफ्नो स्पर्धामा पहिलो भएका थिए ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको गल्र्स सिंगल्स फाइनलमा इराले नेपालकै अभिलाषा विष्टलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।
नेपालका प्रेरणा कोइराला तेश्रो र सलोनी तामाङ चौथो, भारतकी लक्षण्या विश्वनाथ पाँचौं तथा नेपालका अल्शा रेग्मी छैटौं, इशाश्री शाह सातौं, स्नेहा यादव आठौं, रायना शाह नवौं र प्रियंका चौधरी दसौं स्थानमा रहे ।
केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स उपाधि भिडन्तमा अर्नभले नेपालका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१ कै सीधा सेटमा हराए ।
नेपालका आदित सुवेदी तेश्रो र आर्यन गिरी चौथो, भारतका श्रीकान्त ठाकुर पाँचौं, नेपालका सहर्ष चन्द छैटौं, इभेक जोशी सातौं र ग्रिजेशमान श्रेष्ठ आठौं तथा भारतका शशिकान्त ठाकुर नवौं र एम्बिसयस गोल्डस्मिथ दसौं भए ।
यसअघि डबल्सको ब्वाइजमा भारतका अर्नभ पठाङ्गे र एम्बिसियस गोल्डस्मिथ तथा गल्र्समा नेपालकी प्रेरणा कोइराला र भारतकी लक्षण्या गोल्डस्मिथ पहिलो भएका थिए ।
सर्किट २ मा ब्वाइज र गल्र्समा समान १६–१६ खेलाडीले सिंगल्स÷डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । नेपाली लनटेनिसको इतिहासमै नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता भएको पहिलो पटक भएको हो ।
Comments
अरु समाचार
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...