ताजा समाचार

उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता सुरु

rss_images_1474448331548_ss_ktm_160921_141918032_o

रोशन यक्सो लिम्बू/काठमाडौं, ५ असोज । ‘शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा युवाहरुको विकास, संविधान कार्यान्वयन र समृद्ध राष्ट्र निर्माण नै देशको निकाश’ भन्ने मुल नाराका साथ उपत्यकाव्यापी अन्तर कलेज फुटसल प्रतियोगिता सुरु भएको छ ।

अखिल ‘क्रान्तिकारी’ काठमाडौं क्याम्पस जिल्ला समितिले आयोजना गरेको प्रतियोगिताको सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले उद्घाटन गर्नुभएको थियो ।

उक्त अवसरमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले विद्यार्थीहरु सधै विद्रोही स्वभावको हुनुपर्ने बताउनुभयो । विद्यार्थीहरुले सधै खबरदारी गरे मात्रै प्रजातन्त्र दिगो हुने भन्दै मन्त्री कार्कीले सरकारमा रहेको व्यक्तिहरुलाई सधै खबरदारी गर्न आग्रह समेत गर्नुभयो ।

 विद्यार्थी आन्दोलनले क्रान्तिकारी र विद्रोही धार बिर्सेको गुनासो गर्दै सरकारको गलत काममा खबरदारी गर्न र राम्रो काममा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

संविधान जारी भएको एक बर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको अखिल ‘क्रान्तिकारी’ क्याम्पस जिल्ला समितीका सचिव मदन संयोज लिम्बुले जानकारी दिनुभयो ।

प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी ३४ क्याम्पसले सहभागिता जनाएका छन् । प्रतियोगिता अशोज ५ देखी असोज १० सम्म सञ्चालन हुनेछ । कार्यक्रममा अतिथिको रुपमा अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष अनिल शर्मा, रन्जित तामाङ,रामचन्द्र अधिकारी, सुरेन्द्र बस्नेत र पञ्चा सिंहको उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org