ताजा समाचार

सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

काठमाण्डाैँ ७, साउन । सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ ।

सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ ।

चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा अनुसन्धान टोली टुंगोमा नपुगी विश्राम लिन पुगेको छ ।

अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् ।

प्रहरीले हरेक साताजस्तो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ ।

विगत दुई साता अवधिमा त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको छ ।, यो खबर आजको नागरिकदैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org