कामपाका वडा कार्यालय भवन निर्माणमा एकरुपता, कस्तो बन्दै छ भवन ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । केही वडामा भूकम्पअघि पनि वडा कार्यालय भवन नभएको र भएका केहीको पनि भूकम्पका कारण क्षति भएकाले वडा कार्यालय भवन निर्माणको तयारीमा महानगर जुटेको हो ।
नयाँ निर्माण गरिने सबै भवन परम्परागत नेपाली शैलीमा निर्माण गरिने र एउटा वडामा जसरी निर्माण गरिन्छ अन्य वडाले पनि सोही अनुरुप एकरुपता कायम गरी निर्माण गर्नुपर्ने कामपाले जनाएको हो ।
धेरै वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ, भवन नहुँदा काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन पनि नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।
उनले भने, भाडामा बसेर काम गर्दै आएका वडा नं ३, ४ र २६ वडाको कार्यालय भवनको निर्माण पुसको पहिलो सातामा शुरु गरिन्छ भने वडा नं ८, ९, १४ र ७ को भवन निर्माणका लागि बोलपत्र आह्वान भैसकेको छ । यही मङ्सिर अन्तिमसम्ममा निर्माणको जिम्मा कसलाई दिने भन्ने निर्णयसमेत आइसक्ने प्रमुख शाक्यले बताए ।
सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान पनि कामपाको छ । चालु आवभित्रै सम्पन्न गर्ने गरी कामपाले सात वडामा नयाँ भवन निर्माण गर्ने तथा आफ्ना भवन भएका र भूकम्पका कारण सामान्य क्षति भएका केही वडाको तला थप गर्ने काम पनि अघि बढाइएको भौतिक पूर्वाधार महाशाखा प्रमुख नारायणबाबु भट्टराईले बताए ।
आफ्नो भवन नहुँदा काम गर्न समस्या भएपछि वडाले पहिचान गरेको खाली जग्गामा भवन निर्माण गर्न लागिएको छ । कूल ३२ वडा रहेको कामपामा हालसम्म वडा नं ३, ६ र २९ मा रहेको सार्वजनिक जग्गाको पहिचान भइसकेको र वडा नं ३ मा १५ रोपनी, ६ मा १० रोपनी र २९ मा ९ रोपनी सार्वजनिक जग्गा छ ।
कामपाले चालु आव २०७५÷७६ का लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेकामा भौतिक पूर्वाधार निर्माणका रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको थियो ।
केन्द्रको काम सात स्थानबाट हुँदा नागरिक मर्कामा
वडा कार्यालय भवन मात्रै होइन, कामपाको केन्द्रीय कार्यालयको भवन पनि विभिन्न सात स्थानमा छरिएर रहेको छ । यसरी कार्यालय भवन एकै स्थानमा नहुँदा सेवाग्राहीलाई समस्या परेको छ । हाल कामपामा १३ विभाग छ ।
भूकम्पअघि हालको हरिभवनबाट नागरिकलाई सेवा दिँदै आएको कामपाले भूकम्प गएलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको थियो । अहिले केही विभाग सुन्धारामा रहेको जेडिए कम्प्लेक्समा र केही राष्ट्रियसभागृहमा पनि छ । त्यस्तै वातावरण विभाग टेकुमा, सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा छन् ।
त्यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखाले तत्कालीन कर कार्यालय रहेको भवन बबरमहलबाट नै सेवा दिँदै आएका छन् भने महानगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुन्धारामा रहेको जेडिए कम्प्लेक्समै बसेर काम गरिएको छ । शिक्षा विभाग सरेकोबारे जानकारी नहुँदा नागरिकले समस्या भोग्नाका साथै समयको बर्बादी पनि भइरहेको छ । महानगरका उपप्रमुख खड्गी यी सबै समस्या भूकम्पका कारण भएको बताए ।
कामपाको केन्द्रीय कार्यालय पुनः निर्माणका लागि हरिभवन भत्काउने चर्चा चलेपछि सर्वोच्च अदालतमा मुद्दा परेको र अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकाले ठोस निर्णय हुन सकेको छैन। केन्द्रीय कार्यालय र धेरै वडा कार्यालय भवन भाडामा लिएर काम गर्नुपर्दा हाल कामपाले मासिक लाखौँ रुपैँया भाडाका लागि गर्चिनु परेको छ ।
“नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँँ प्राप्त हुन्छ त्यहीँ लिइएको हो । महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखका लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो”, कामपाका सूचना अधिकारी बसन्त आचार्यले बताए । टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई उक्त स्थानबाट सेवा दिँदै आए पनि अन्य विभाग भने भूकम्पपछि र केही त तीन महीनाअघि मात्र सुन्धाराबाट अन्यत्र सरेका थिए ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












