पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
प्रहरी चौकी भवन जीर्ण
तेह्रथुम । पर्यटकीय तीनजुरे–मिल्के–जलजले ‘टिएमजे’ क्षेत्रअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकी भवन जीर्ण छ । भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैँ असुरक्षित रूपमा बस्न बाध्य भएको हो ।
उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो । तेह्रथुम र सङ्खुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन् । चौकीमा चार मात्रै प्रहरी भए पनि तालीम, गोष्ठी र विदाका कारण अधिकांश समय दुई वा तीन जना मात्रै प्रहरी हुने गरेका छन् । प्रहरी चौकीको निर्माणका लागि गाउँले नै बजार नजिकै जग्गासमेत उपलब्ध गराए पनि अझैसम्म भवन बनाउन चासो नदेखाएको स्थानीयवासी उदयकुमार तामाङले बताए । उक्त चौकीले मादी नगरपालिका वडा नं १ र २ को निकै ठूलो क्षेत्रसम्म सुरक्षा प्रदान गरिरहेको छ ।
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












