प्रदेश नं ५ मा मानव अधिकारको अवस्था सन्तोषजनक भएन् : इन्सेक
नेपालगञ्ज । प्रदेश नं ५ मा मानव अधिकारको अवस्था आशालाग्दो नभएको निष्कर्ष निकालिएको छ ।
इन्सेकले नेपालगञ्जमा गरेको छलफल कार्यक्रमका सहभागीले समाजमा हिंसा, अराजकता, दण्डहिनताको अवस्था विद्यमान भएकाले मानव अधिकारकर्मीले नयाँ ढङ्गबाट काम गर्नुपर्ने सुझावसहित यस्तो निष्कर्ष निकालेका हुन् ।
मानव अधिकारकर्मी, पत्रकार, कानून व्यवसायी, महिला अधिकारकर्मी, द्वन्द्वपीडितको सहभागितामा भएको कार्यक्रममा अधिकारवादी संस्थाले मानव अधिकारको संरक्षण र संवद्र्धनका लागि मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसअवसरमा इन्सेकका केन्द्रीय अध्यक्ष डा इन्दिरा श्रेष्ठले मानव अधिकार सबैको साझा विषय हुनुपर्ने बताउनुभयो । उहाँले नेपालमा अब राजनीतिक अधिकारको आन्दोलन सकिएकाले सामाजिक मुद्दातर्पm अधिकारकर्मीको ध्यान केन्द्रित हुनुपर्ने सल्लाह दिनुभयो ।
कार्यक्रममा अधिकारकर्मी भोला महत, सुरेश गौतम, चन्द्रकान्त चापागार्इं, प्रकाश उपाध्याय, अछरी पोखरेललगायतले बोल्नुभएको थियो ।
विद्युत् विस्तार योजना सञ्चालन
बाँकेको कोहलपुरमा विद्युत् विस्तार शुरु भएको छ । नगर विकास समिति कोहलपुरले आफ्नो नगरक्षेत्रभित्र विद्युत् विस्तार गर्न लागेको हो । झण्डै ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतीकरण योजना कार्यान्वयनमा आएको छ । विद्युत् विस्तारका लागि रु दुई करोड २५ लाख छुट्याइएको नगर विकास समितिका अध्यक्ष अवराज खड्काले जानकारी दिनुभयो ।
नगर विकास समिति कोहलपुर र विद्युत् प्राधिकरणको संयुक्त प्रयासबाट योजना सञ्चालन गरिएको हो । विद्युत् विस्तारका लागि ३५० पोलमा हाइटेन्सन लाइन विस्तार गरिनेछ भने १०० पोलमा लोटेन्सनको लाइन विस्तार गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
सम्पर्कबिहीन कर्मचारीलई तीनदिनभित्र उपस्थित हुन सरकारको अल्टिमेटम
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती) ले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही...
-
काठमाडौंका प्रहरी प्रमुख रमेश थापाको सरुवा, सरुवापछि के भने?
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने प्रहरी संगठन,...











