सांसद विकास कोषको रकम सडकमा
बैतडी ।सांसद विकास कोषको रकमले बैतडीका ग्रामीण क्षेत्रका एक दर्जन सडक निर्माण हुने भएका छन् ।
रु चार करोड रहेको उक्त रकमले बैतडी जिल्लाका झण्डै १२ सडक सञ्जालले जोडिने भएका हुन् । भौगोलिक विकटताले पछि परेको बैतडी जिल्लाको दशवटै स्थानीय तहमा सडक निर्माण हुने भएका छन् । रु चार करोडमध्ये करीब रु तीन करोड सडकमै छुट्याइएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका संयोजक तथा प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले सांसद विकास कोषबाट बैतडी जिल्लाका झण्डै १२ वटा सडक निर्माण गर्ने निर्णय गर्नु भएको छ । समावेशीका आधारमा विभिन्न स्थानीय तहका प्रमुखसँग परामर्श र छलफल गरी योजना निर्माण गर्न लागिएको योजना छनोट समितिका सदस्य एवं प्रदेशसभा सांसद लीलाधर भट्टले बताउनुभयो ।
सांसद विकास कोषबाट दोगडाकेदारको खोचलेक–सित्तड–रीम सडकलाई रु ५० लाख, सुर्नयाको ढोल्यामोड–शिखरपुर वडा कार्यालयसम्म सडकलाई रु ५० लाख, मेलौलीको सूर्नयाखोला लघु जलविद्युत् योजनालाई रु २५ लाख छुट्याइएको छ ।
त्यसैगरी चुच्चाई खोल्सी–सुकेली सडक पानपा रु २० लाख, दुर्गा मावि खलिगाड, मेलौली भवन निर्माण रु १० लाख, वृन्दावन–बसेरा सडक, सिगास रु १५ लाख, चडेपानी सिँचाइ योजना, सिगास रु १० लाख, शारदा मावि भौतिक सुधार, सिगास रु १० लाख, पसेरा खेलमैदान रिङरोड सडक, डिलासैनी रु ३८ लाख, गढीखेल मैदान दनपा–४ रु ११ लाख, मदन मण्डारी स्मृति भवन पानपा रु १० लाख, भरतपुर खेलमैदान पानपा रु १० लाख, डैसिली–लदौली सडकखण्ड पानपा रु १० लाख रकम छुट्याइएको छ ।
चौमला–विजयपुर र हाट महादेवस्थान सडक पुर्चौडी रु २९ लाख, कौलाडीगाड चौकाडी तटबन्द निर्माण पुनपा रु १२ लाख, दन्नी देवहडा सडक र स्वलपाला शर्माली सडक शिवनाथ रु ३० लाख, सिन्केलेक पितलथला सडक दनपा रु १० लाख, गुरुखोला कलौनी श्रीकोट र देहीमाडौँ नयाँबजार–कुमालीगाड–दुर्गास्थान सलेना सडक दनपा रु २० लाख, गिरेगाडा–तालीगडा–मेलौली सडक पञ्चेश्वर रु १५ लाख र गापा कार्यालय रोडीदेवल जोडिने सडक पञ्चेश्वर रु १५ लाख बराबरका २० योजना स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले छनोट गरेका छन् । उक्त कार्यक्रमबाट हरेक स्थानीय तहका लागि कम्तीमा पनि रु ३० लाखसम्म छुट्याइएको छ ।
योजना बनाउँदा सांसदसँग आएका माग र स्थानीय तहमा आएका मागका आधारमा रकम बाँडिएको बताइएको छ । प्रतिनिधिसभा सांसदका साथै जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसद, जिल्ला समन्वय समिति प्रमुख तथा उप–प्रमुख र हरेक स्थानीय तहका प्रमुख तथा अध्यक्ष सम्मिलित समितिले उक्त रकम बाँडफाँट गरेको हो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












