पूर्वमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि
विराटनगर । पूर्व क्षेत्रको प्रदेश नंं १ मा यस वर्ष वर्षे धान १२ लाख ४१ हजार ६३९ मेट्रिक टन उत्पादन भएको कृषि निर्देशनालय कार्यालय विराटनगरले जनाएको छ ।
गएको वर्षभन्दा यस वर्ष धानको उत्पादन १२ प्रतिशतले बढेको हो भने रोपाइँ ९६.३२ प्रतिशत भएको थियो । यस प्रदेशमा तीन लाख २३ हजार १८८ हेक्टर जग्गामा धान लगाइएको थियो भने उत्पादकत्व ३.८४ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन भएको निर्देशनालयको भनाइ छ ।
गएको वर्षमा तीन लाख २२ हजार १८३ हेक्टर जग्गामा धान लगाइएको थियो भने कूल उत्पादन ११ लाख आठ हजार ६०६ मेट्रिक टन धान उत्पादन भएको र उत्पादकत्व ३.४४१ मेट्रिक टन प्रतिहेक्टर रहेको निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डांगीले जानकारी दिनुभयो ।
गएको वर्षभन्दा यस वर्ष एक हजार पाँच हेक्टर जग्गामा धान लगाइएको छ भने उत्पादन पनि एक हजार ३३ हजार ३३ मेट्रिक टन धान बढी फलेको हो ।
अनुकूल मौसम, बीउको सहजता, रासायनिक मलको आपूर्ति व्यवस्था राम्रो र कृषि प्राविधिकको निरन्तर सल्लाह र सुझावका कारण धान उत्पादन बढेको वरिष्ठ कृषि प्रसार अधिकृत डांगीको भनाइ छ ।
प्रदेश नं १ मा धान लगाउने क्षेत्रफल तीन लाख ३५ हजार ५२९ हेक्टर जग्गा भए पनि अन्यबालीले ठाउँ ओगट्न थालेपछि धान खेतीको क्षेत्रफल घटेको हो । उच्च पहाड (ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ९८.७० प्रतिशत, मध्य पहाड (इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुर) मा ९०.१८ प्रतिशत र तराई (झापा, मोरङ र सुनसरी) ९८.३२ प्रतिशत धान रोपाइँ भएको थियो ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार ताप्लेजुङमा आठ हजार ५६२ हेक्टर, सङ्खुवासभामा १३ हजार ७१२ हेक्टर, सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर, पाँचथरमा आठ हजार ८३४ हेक्टर, इलाममा १३ हजार ३३३ हेक्टर, भोजपुरमा १५ हजार ३७८ हेक्टर, तेह्रथुममा आठ हजार २४१ हेक्टर, धनकुटामा सात हजार ७११ हेक्टर, उदयपुरमा १२ हजार ७११ हेक्टर, ओखलढुङ्गामा तीन हजार ५२२ हेक्टर, खोटाङमा १२ हजार २५३ हेक्टर, झापामा ८७ हजार ६२ हेक्टर, मोरङमा ७६ हजार ४४० हेक्टर, सुनसरीमा ५३ हजार ९०० हेक्टर जग्गामा धान लगाइएको थियो ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












